1100×100 Nabil Advert

एसईई परिक्षाको नतिजा प्रकाशन गर्न बोर्डको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को नतिजा प्रकाशनका विषयमा निर्णय गर्नको लागि बैठक बस्ने भएको छ । आज दिउँसो २०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्डको बैठक बोलाइएको हो । बैठकपश्चात सम्भवतः आज नै नतिजा सार्वजनिक गरिने छ ।

बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।

तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै ग्रेडिङ विधिमार्फत् नतिजा प्रकाशन गर्न लागेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका थिए ।

 

प्रकाशित समय ११:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु