1100×100 Nabil Advert

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । २०८२ साल चैत्र २० देखि २७ गते सम्म लागू हुने उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र दराजको तर्फबाट प्रवन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् ।

 

नजिकिदै गरेको नयाँ वर्ष २०८३ लाई लक्षित गरी नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई-कमर्स प्लेटफर्मसँगको साझेदारीलाई निरन्तरता दिएको हो । नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा ७ सय ५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिनेछ ।

 

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा इ-कमर्स सक्रिय गर्नुपर्नेछ र उक्त कार्य गर्दा कुनै शुल्क लाग्ने छैन । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको कुनै पनि शाखा मार्फत इ-कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई उक्त प्रयोजनार्थ आफ्नो कार्डमा इ-कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।

प्रकाशित समय २१:५१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु