1100×100 Nabil Advert

मिडियामाथि प्रहारको इमानद्वारा विरोध

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको साझा संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल ९इमान०को सदस्य संस्था केन्द्रविन्दू मिडिया प्रा।लि।को नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल फेसवुकमा जेन जेड रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाले पोष्ट गरेको एक भिडियो र उनको पक्राउलाई लिएर केन्द्रविन्दु मिडियाको नाम जोडिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इमानले एक विज्ञप्ति जारी गर्दै आफ्नो सदस्य संस्था प्रति यस्ता गतिविधि नदोहो¥याउन सचेतसमेत गराइएको छ ।

 

तिमल्सिनाले आफूलाई केन्द्रविन्दु मिडिया (टेलिभिजन)मा अन्तर्वार्ताका लागि एक महिलाले फोन गरेर अफिसमा बोलाएको, त्यहाँ पुग्दा अन्तर्वार्ता गर्न कार्यालयको स्टुडियो व्यस्त भएको कारण अर्को स्टुडियोमा जाउँ भनेको र आफूलाई लछारपछार गरी गाडीमा हालेर सादा पोशाकका प्रहरीले उपत्यका प्रहरी परिसर भद्रकालीको पुर्‍याएको र कोठा नम्बर ५०३ मा लगेर कागज गराएर छोडेको भनेकी छन् । केन्द्रविन्दू मिडियाले स्मृति तिमल्सिनालाई कुनै पनि अन्तर्वार्ताका लागि समय नदिएको-नबोलाएको समेत जनाएको छ ।

 

विज्ञप्तिमा भनिएको छ- ‘एक जिम्मेवार सञ्चार संस्थालाई विवादमा तान्ने र सुरक्षा निकायको कारवाहीसँग जोडेर भ्रम सिर्जना गरी व्यावसायिक प्रतिष्ठामा आँच नपुर्‍याउन सम्बद्ध पक्षसँग आग्रह गर्दछौं । स्वतन्त्र र मर्यादित पत्रकारिता गर्दै आएको संस्थालाई असर पर्ने गरी भ्रमपूर्ण कुराहरु नगर्न र आगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्‍याउन सचेत गराउन चाहन्छौं ।’

प्रकाशित समय १४:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु