बाघको छाला र हड्डीसहित चारजना पक्राउ

काठमाडौं । बाँकेको कोहलपुरबाट पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् ।
लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ बाट पाटेबाघको १ थान छाला र ६ किलो ८ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा पाँच लाखदेखि १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाबारे डिभिजन वन कार्यालयले थप अनुसन्धन गरिरहेको छ ।
प्रकाशित समय १०:५७ बजे