1100×100 Nabil Advert

सिटिजन लाइफलाई आइएसओ ९००१ः२०१५ प्रमाणिकरण

गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आइएसओ ९००१ः२०१५ प्रमाणिकरण प्राप्त गरेको छ । उक्त प्रमाणिकरण युनाइटेड रजिष्ट्रर अफर सिस्टम्स (युआरएस) तथा युकास म्यानेजमेन्ट सिष्टम्समार्फत् प्रदान गरिएको हो । यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणिकरणले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय मापदण्ड अनुरूप सञ्चालन गरिरहेको पुष्टि गर्दछ ।

 

यस प्रमाणिकरणले कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको संस्कृतिलाई संस्थागत बनाउँदै ग्राहकहरूलाई अझ भरपर्दो, छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतालाई सुदृढ बनाएको छ । विशेषगरी बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन प्रणालीमा उच्च स्तरको अनुशासन र एकरूपता कायम गर्न यो उपलब्धिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

 

यस उपलब्धिले कम्पनीको सेवा गुणस्तर र स्थिरतालाई थप सुदृढ बनाउनुका साथै ग्राहक सन्तुष्टि र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने छ । साथै, आन्तरिक प्रक्रिया अझ प्रभावकारी, व्यवस्थित र जवाफदेही बन्ने अपेक्षा गरिएको छ । यसका अतिरिक्त, नियामक निकायहरूको मापदण्डसँग थप सुसंगतता कायम गर्दै संस्थागत सुशासनलाई मजबुत बनाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको पहिचान र विश्वसनीयता अझ उचाइमा पु¥याउने विश्वास कम्पनीले लिएको छ ।

 

सिटिजन लाइफले यस उपलब्धिलाई केवल प्रमाणपत्रमा सीमित नराखी ग्राहकको विश्वास, उत्तरदायित्व तथा दीर्घकालीन सेवा उत्कृष्टताप्रतिको दृढ प्रतिबद्धताको रूपमा ग्रहण गरेको जनाएको छ । आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित समय २०:२० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु