प्राइम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ दिने
काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । यही असोज ११ र १२ गते देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंकले गहिरो दुःख व्यक्त गर्दै बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको व्यहोरा बैंकका कम्पनी सचिव राजकुमार कार्कीले जानकारी दिएका छन् ।
प्रकाशित समय २१:०० बजे




















