1100×100 Nabil Advert

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न बीमा प्राधिकरणको निर्देशन

ललितपुर । हालै अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले सबै बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यथाशक्य छिटो सहयोग रकम जम्मा गर्न निर्देशन दिएको नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिनुभएको छ ।

प्रकाशित समय २०:५२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु