V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

टिभिएसले ल्यायो ‘टिभिएस दशैंको दौड’ उपभोक्ता प्रवद्र्धन योजना

नेपालको सबैभन्दा ठूलो पर्व दशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक उपभोक्ता प्रवद्र्धन योजना ‘टिभिएस दशैंको दौड’ प्रारम्भ गरेको छ । यो एक यस्तो उपहार योजना हो, जहाँ ग्राहकहरुले नगद पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नेछन् । जो कोहीले पनि टिभिएस शोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर नै यस योजनामा सहभागी बन्न सक्नेछन् ।
यस योजनामा सहभागी बन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट https://tvsnepal.com/dashain मा लग अन गर्नु पर्नेछ र त्यहाँ दिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ । यसरी प्रविष्ट गराउने व्यक्तिले बाइक नकिन्दा नै ५ हजारदेखि १ लाखसम्म नगद राशि जित्न सक्नेछन् । यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमाप्राप्त गर्नेछ ।
यतिमै यो पूरा हुने छैन । यो रकम जितेपछि पनि ग्राहकले थप पुरस्कार जित्ने अर्को अवसर प्राप्त गर्नेछ । जब ग्राहकले कुनै पनि टिभिएस टू–ह्वीलर खरिद गर्नेछ, त्यो समयमा ग्राहकको खरीद विवरणहरु वितरकले फेरि सिस्टममा प्रविष्ट गर्नेछ र ग्राहकले फेरि लाखौं नगद पुरस्कार जुन शतप्रतिशत नगद फिर्तासम्म पनि हुन सक्नेछ, त्यो पनि जित्न सक्नेछ । हरेक ग्राहकले दोस्रो चरणमा केही न केही रकम पुरस्कार प्राप्त गर्न सक्नेछ र किन्नुअघि पहिलो र किन्दा दोस्रो दुवै चरणगरी जितेको कूल नगद पुरस्कार रकम बाइक खरीद मूल्यमा छुट स्वरुप प्रदान गरिनेछ ।
प्रवद्र्धन योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले भने– ‘जब हाम्रा उपभोक्ता महानुभावहरुको जीवनमा केही मूल्य थप्ने समय आउँछ, हामी सधैं केही नयाँ नवीनतम विचारका साथ प्रस्तुत हुने गर्दछौं । हामीे यो योजना लिएर यसकारण उपस्थित भएका छौं कि हामी सम्पूर्ण नेपालीहरुको महान चाडको अवसरमा उनीहरुको जीवनमा अझ बढी खुशी थप्न ग्राहकहरुलाई एकपटक होइन धेरै पटक जितको अवसर प्रदान गर्न चाहन्छौं । हामीलाई पूर्ण विश्वास छ कि यसप्रकारका योजनाहरुबाट हाम्रा उपभोक्ताहरु लाभान्वित हुनुहुने नै छ, जुन हामीले नियमितरुपमा प्रस्तुतगर्दै आएका छौं ।’
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर सयभन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपूर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रकाशित समय १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010