1100×100 Nabil Advert

सिद्धार्थ बैंकले थप्यो दुई शाखा

काठमाडौं । सिद्घार्थ बैंकले दुईवटा शाखा थपेको छ । बैंकले धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाईको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७८ एटिएम र १५ सयभन्दा बढी पिओएस मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १२:०९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु