1100×100 Nabil Advert

सांग्रिला बैंक र सिप्रदीबीच सेवा उपलब्ध गराउने सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । सम्झौता–पत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौताअनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ख प्राÞलिबाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौताअनुसार कर्जासम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् । भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा बैंकको स्टलबाट थप जानकारी पाउन सक्नेछन् । यस सेवाअन्तर्गत ग्राहकहरुले बैंकको हाल सञ्चालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई यस किसिमको कर्जा प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनाएका छन् ।

प्रकाशित समय ०९:५३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु