मेगा बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्ने

काठमाडौं । मेगा बैंकले साना तथा मझौता व्यवसायका लागि लगानी गर्ने भएको छ । सो सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेड र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौताबाट महासंघमा आबद्ध १२ हजारभन्दा बढी साना तथा मझौला व्यावसायी लाभान्वित हुने बताइएको छ । खासगरी न्यून आम्दानी भएका तथा विपन्न समुदायका व्यक्तिहरुलाई लक्षित गरी सम्झौता भएको हो ।
सम्झौता अनुसार व्यवसायीहरुले मेगा बैंकको प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइने छ । साना तथा मझौला व्यवसाय संचालन गरिरहेका तथा नयाँ व्यवसाय संचालन गर्न चाहने नेपालभरका १८ देखि ६० वर्ष उमेरका व्यवसायीहरु यो सम्झौताबाट लाभान्वित हुने मेगा बैंकको विश्वास छ । यसैगरी मेगा बैंकका अन्य कर्जा तथा सेवामा पनि साना मझौला व्यवसायीहरुलाई प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ ।
प्रकाशित समय ११:५२ बजे