1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा इलाका प्रहरी कार्यालय दमक र अनारमनी झापालाई सहयोग

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालै जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडपछि इलाका प्रहरी कार्यालय दमकलाई आवश्यक सामग्री सहयोगस्वरूप टेबल र कुर्सी हस्तान्तरण गरेको छ । उक्त सहयोग सामग्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ र दमक शाखा प्रमुख सुमन दुलालले संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो । सहयोग सामग्री इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक किशोर लम्साल तथा इलाका पुनर्निर्माण समितिका संयोजक एवं उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंलाई हस्तान्तरण गरिएको हो ।

त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र विर्तामोड शाखाका शाखा प्रमुख सुशील थापाले झापाको विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान कम्प्युटर पनि प्रदान गर्नुभएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यो सहयोगले प्रहरी सेवाको सहजता र कार्यक्षमता अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै, संस्था सधैं सामाजिक उत्तरदायित्व, सहकार्य र समुदायप्रतिको प्रतिबद्धतामा दृढ रहेको जनाएको छ । कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वअन्तर्गतका पुनर्निर्माण र सहयोगमूखट्ठ गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु