1100×100 Nabil Advert

नियो मनी ट्रान्सफर र जुबा एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक संस्था नियो मनी ट्रान्सफरले जुबा एक्सप्रेससँग रेमिट्यान्स् भुक्तानीका लागि साझेदारी गरेको छ । यो नयाँ सहकार्यले अमेरिका, बेलायत, युरोप, क्यानडा, तथा मध्यपूर्व र पूर्वी अफ्रिकाबाट नेपालमा पैसा पठाउन अझ सहज बनाएको छ । यो साझे्दारीसँगै विदेशमा रहेका नेपालीलाई सरल, सुरक्षित र छिटो माध्यम बाट रकम पठाउन झनै सहज भएको हो ।

 

यो नयाँ सेवाले नेपालमा पैसा प्राप्त गर्नेहरूका लागि विभिन्न सुविधाजनक विकल्पहरू प्रदान गरेको छ । जसले उनीहरूलाई सजिलै आफ्नो पैसा प्राप्त गर्न मद्दत गर्दछ । नगद भुक्तानी, सिधा बैंक खातामा जम्मा वा मोबाइल वालेटमा रकम प्राप्त गर्न सहज भएको छ । यो साझेदारीले पैसा पठाउने र प्राप्त गर्ने दुवैका लागि रेमिट्यान्स प्रक्रिया सकेसम्म सहज र कुशल होस् भन्ने कुरा सुनिश्चित गर्दछ ।

 

नयाँ साझेदारीबारे नियो मनि ट्रान्सफरका सिईओ सागर खनालले यो साझेदारीको महत्वमाथि प्रकाश पार्दै भन्नुभयो, ‘नेपालीहरूलाई भरपर्दो वित्तीय सेवाहरू प्रदान गर्ने हाम्रो मिशनमा यो एउटा ठूलो कदम हो ।’ नियो मनी ट्रान्सफरको उन्नत डिजिटल प्लेटफर्मलाई जुबा एक्सप्रेसको विस्तृत विश्वव्यापी सञ्जालसँग मिलाएर, यो सहकार्यले पैसा पठाउने प्रक्रियालाई पहिलेभन्दा धेरै सरल बनाउनेछ । यो सहकार्यले रेमिट्यान्स प्रक्रियालाई सहज बनाउनुका साथै नेपालभित्र वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।

प्रकाशित समय १६:११ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु