1100×100 Nabil Advert

रोटरी क्लव अफ नार्गाजुनद्वारा राष्ट्रिय बाणिज्य बैंक सम्मानित

काठमाडौं । रोटरी क्लव अफ नार्गाजुनले सामाजिक उत्तरदायित्व कार्यक्रममा महत्वपुर्ण भुमिकाको लागि राष्ट्रिय बाणिज्य बैंकलाई सम्मान गरेको छ । सरकारको पुर्ण स्वामित्व रहेको अग्रीण बित्तिय संस्थाले गत बर्ष गरेको सामाजिक काम र क्लवसँगको निरन्तर सहकार्यका लागि सम्मान गरेको हो ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाललाई क्लवका बर्ष २०२५-२६ का अध्यक्ष बिशाल गैरेले उक्त सम्मान पत्र प्रदान गर्नुभएको हो । सम्मान पत्र ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले यो सम्मानले बैंकलाई सामाजिक कार्यका लागि थप हौसला प्रदान गरेको बताउनु भयो । कार्यक्रममा लगानीको अवसर शिर्षकको कार्यक्रममा प्रमुख वक्ताकारुपमा सहभागी बैंकर खनालले कृषि, उर्जा, पर्यटनलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै उद्यम ब्यवसायमा कुनै पनि कुराको स्केलअप गर्ने, मुल्य थप्ने काम महत्वपुर्ण भएको बताउनु भयो । कार्यक्रममा क्लवका अध्यक्ष समेत रहेका युवा उद्यमी बिशाल गैरेले आगामी दिनमा बाणिज्य बैंकसँग निरन्तर सहकार्य हुने बताउनु भयो ।

 

कार्यक्रममा क्लवका पुर्व अध्यक्षहरु सुदिप आचार्य, सम्भु अमगाई, यादवप्रसाद ढुङ्गाना, बिश्वनाथ ढकाल, डा.बिष्णुप्रसाद गौतम, सुसिल खड्का, प्रकाश डोटेल, क्लवका उपाध्यक्ष भावी अध्यक्ष फणिन्द्रराज पाण्डे, उपाध्यक्ष अभय पौडेल, सचिव अर्जुन कुमार खड्कालगायतको सहभागीता रहेको थियो ।

प्रकाशित समय १६:१९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु