1100×100 Nabil Advert

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा विशेष छुट उपलब्ध हुने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ ट्रान्जेक्सन बैकिङ्ग नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपकचन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

 

सो समझदारीपश्चात एनआइसी एशिया बैंकका ग्राहकहरुले नयाँ बानेश्वर काठमाडौंमा रहेको एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरु (आउटसोर्स सेवाहरु, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्नु सक्नेछन् । साथै अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत प्राप्त गर्न सक्नेछन् ।

 

यो सुविधाको उपयोग गर्न ग्राहकहरुले एनआइसी एशिया बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको उल्लेख गरिएको छ ।

प्रकाशित समय ०८:०१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु