जनताको पैसामा मनपरी गर्ने बैंकरहरु प्रहरीको खोरमा
काठमाडौं । जनताको पैसामा मनपरी गर्ने बैंकरहरु धमाधम पक्राउ पर्न थालेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र सेञ्चुरी कमर्सियल बैंकका पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो ।
उनीहरुमाथि कमसल धितो राखेर बैंकिङ कसुर गरेको आरोप छ । सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यसपूर्वका सिइओ तुलसीराम गौतमलगायतले कमिसन लिई कमशल धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुर्याएको भन्दै पक्राउ गरिएको हो । उनीहरुसँगै दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठलगायत १० जना पक्राउ परेका छन् ।
प्रकाशित समय १३:०६ बजे




















