1100×100 Nabil Advert

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन

काठमाडौँ । बैंकको पुहँचमा नपुगेका विपन्न वर्गलाई सेवा दिने तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति बनाउने उद्देश्यले यही फागुन ५ र ६ गते राजधानीमा चौथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने भएको छ ।

स्वावलम्बन विकास केन्द्रले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । सम्मेलनमा नियामक निकाय, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही, जनप्रतिनिधि गरी सात सय जना भन्दा बढीको सहभागिता रहने जनाइएको छ ।

प्रकाशित समय २०:४१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु