1100×100 Nabil Advert

ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा, सुरेन्द्रमान कपालीसहित १२ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो । उनीहरूलाई जनही ७५ लाख जरिवाना र २ वर्ष कैद सजाय समेत सुनाइएको छ ।
त्यस्तै, सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ । उनीहरुलाई गैरकानूनी लाभ लिएको कसुरमा २ वर्ष कैद र ८० लाख ४८ हजार जरिवाना हुने÷भराउने फैसला भएको छ ।
यस्तै, छविराज पन्त र दीप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा ९ करोडभन्दा बढी हानिनोक्सानी गरेको अदालतले ठहर गरेको छ । उनीहरुसँग दामासाही ८० लाख विगो असुलउपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने निर्णय भएको छ ।
त्यसैगरी, ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ । इजलासले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए ।
कार्कीका अनुसार, जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना हुने छैन । लगातार २३ दिनसम्मको सुनुवाइपश्चात बिहीबार अन्तिम फैसला आएको हो ।

प्रकाशित समय २०:३४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु