1100×100 Nabil Advert

संसद प्रतिपक्षको हो भने, सत्ता पक्षले बोल्ने थलो रत्नपार्क हो ? : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद प्रतिपक्षको हो भने, निर्वाचित भएर सत्ता पक्षमा रहेका सांसदले बोल्ने थलो रत्नपार्क हो ? भन्ने प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले संसद भनेको प्रतिपक्ष हो, निश्चय नै प्रतिपक्षको आवाज र प्रश्नलाई सरकारले गम्भीरले हेर्नुपर्छ भन्दै तर सत्ता पक्षले आफ्नो भनाई राख्ने रत्नपार्कमा हो भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले भने ‘संसद भनेको प्रतिपक्ष हो, निश्चय नै प्रतिपक्षको आवाजलाई सुन्नु पर्छ प्रतिपक्षले उठाएका प्रश्नलाई सरकारले गम्भिरले हेर्नुपर्छ अनि हामी निर्वाचित भएर यहाँ आउँदै गर्दा संयोगले हामी सत्ता पक्ष बन्यौं हामी सत्ता पक्षका सांसदले बोल्ने थलो चाँहि रत्नपार्क हो ?  ’उनले एउटा विषय आउँछ उभिदियो प्रश्न गर्यो, सदन अवरुद्ध गर्याे हरेक समस्याको समाधान संसद अवरुद्ध गरेर हुन्छ भन्दै आक्रोश पोखे । संसदीय व्यवस्थालाई विश्वास गरेर आएका छौ भने हरेक समस्याको समाधान विधि, विधान र संविधान अन्तरगत छलफल गरेर जाने संसदलाई अवरोध गरेर केही नहुने पनि उनको भनाई छ ।

‘म आग्रह गर्न चहान्छु आज सदन खुलेको हो भने कति दिनको लागि खोलेको हो । यसबारे कसलाई सोध्न पर्ने हो, एउटा विषय आउँछ त्यसमा उभिदियो प्रश्न गर्यो, सदन अवरुद्ध गर्यो के हरेक समस्याको समाधान संसद अवरुद्ध गरेर हुन्छ ।’ उनले भने, ‘ ५७, ५८ साल देखि पटक पटक गरिसकेका छौ साथीहरु संसदीय व्यवस्थालाई हामीले विश्वास गरेका छौ । विश्वास गरेर यहाँ आएका छौ भने हरेक समस्याको समाधान विधि विधान र संविधान अन्तरगत छलफल गरेर जाने हो संसदलाई अवरोध गर्ने होईन् ।’

प्रकाशित समय १८:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु