1100×100 Nabil Advert

एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त हुनुभएको छ । जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उहाँलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अशोककुमार अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

 

अध्यक्ष अशोककुमार अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याउनु भएको छ ।

प्रकाशित समय १८:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु