उच्चस्तरीय छानविन समिति बनाउँदा राज्यलाई के क्षति हुन्छ ? : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले, उच्चस्तरीय समिति बनाउँदा सरकारलाई के क्षति हुन्थ्यो भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रतिपक्षको मात्रै होईन, सरकार पनि सदन चलाउने पक्षमा नभएको भन्दै समिति निमार्ण गर्दा के नोक्सान हुन्थ्यो भनेका हुन् ।

‘आज सरकार पनि सदन नचलोस भन्ने चहान्छ, प्रतिपक्षको मात्रै कुरा होईन् । अहिले प्रतिपक्षलाई अभियोग लगाएर सरकार मस्तसँग बस्ने अवस्थामा छ । यस्तो गम्भीर विषयमा उच्चस्तरीय समितिको माग गर्दा त्यो समिति बनाउँदा सरकारलाई क्षति हुने विषय के थियो । के नोक्सान हुन्थ्यो । सरकारले गरेको सबै अनुसन्धान पूर्ण छ ?’ उनले भने ‘सरकारले गरेका सबै काम पूर्ण हुदैँन् । जनतालाई विश्वास दिलाउँनको लागि पनि समिति बनाउँन सहयोग गर्नुहोस् । यसको निमार्णपश्चात पद जाने होर’ उनले केही दलहरु मिलेर संसदलाई बन्धक बनाउँन नमिल्ने भन्दै संसदीय समिति निमार्णको विषय स्विकार्य नभएको बताए ।

उनले भने,‘केही दलहरु मिलेर संसदलाई बन्धक बनाउँन मिल्छ । तपाईहरु रातारात सल्लाह गर्ने तीनवटा दलले सल्लाह गर्यो भनेर हामी पछि लाग्नु पर्ने, म प्रश्न गर्न चहान्छु यो गैर संवैधानिक शक्ति केन्द्रको निमार्ण यो संसदभित्र कसरी भयो, संसदको कुन धारा उपधाराले यो संरचनाको परिकल्पना गर्छ । तीन दल बस्ने, संसदीय समितिको निमार्ण कसरी हुन्छ भन्ने कुरा नियामवालीमा छ तीनवटा दल बसेर यसको टुङ्गो लगाउने हो यस्तो कुरा आइरहेको छ । कसैलाई निषेध गरेर जाने अहिलेको संसदीय संरचनाले पनि कल्पना गरेको छैन्, र जनमतको चहाना पनि होईन् । त्यो कुरा स्वीकारदैनौ । ’ उनले अर्थतन्त्र संकटमा छ, निमार्ण व्यवसायीहरु हप्तौदेखि सडकमा छन्, काम गरेको भुक्तानि पाएको छैन् भन्दै यस विषयमा कुनै छलफल छैन् तर भागबन्डाको कुरा भने मिलिरहेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित समय १८:२३ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु