नेता भएकै कारण ज्यान मार्दा पनि छुट पाउने जमना छैन् : प्रमुख सचेतक चौधरी

काठमाडौं । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेता भएकै कारण ज्यान मार्दासमेत छुट पाउने अवस्था परिर्वतन हुदै गएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा मंगलबार उनले, सरकारका संयन्त्रलाई अविश्वास गर्नु पर्ने अवस्था नरहेको दाबी गर्दै आज आम नागरिकमा समेत राज्य छ भन्ने अनुभूति बढेको दाबी गरे ।

उनले भने ‘हिजोको राजनेता राजनीतिक दल भन्दा वित्तिकै जे पनि गर्न मिल्ने । जे पनि गर्न सक्ने थियो । दिउसै ज्यान मार्दा पनि चोखिने कुरा थियो । अरबौंमा खरबौंमा पोलिसीमेकिङ गरेर पोलिसीमा करप्सन गर्ने कुरा थियो । तर पछिल्लो समय जनतामा आशा जागेको छ । नेपालमा सरकार छ हुनु पर्छ भन्ने आशा जागेको छ । ’ उनले एमालले सुन प्रकरणमा छानविन समिति गठनको माग गरेको प्रशंगमा यसअघि पनि समिति बनेर रिर्पोट समेत सार्वजनिक नभएको इतिहास रहेको भन्दै सरकारी संयन्त्रमा विश्वा गर्नु पर्ने धारणा राखे ।

‘संसदीय समितिको कुरा छ । आज हामीले जे जति युनिट संयन्त्र बनाएका छौं । त्यसको रिर्पोट कहाँ छ ?’ उनले भने ‘सुनलगायतका प्रकरणमा अपराधिहरु पत्ता लागेका छन् । अपराधिहरु पत्ता लागेकै कारणले भिआइपी भनिएका, ठानिएका पूर्व गृहमन्त्री, पूर्व उपप्रधानमन्त्री जेलको चिसो छिडिमा हुनुहन्छ ।’ उनले अहिले भइहरेको छानविनमा सहयोग गर्न आग्रह गरे । जुन सिआइवीको विषयमा प्रश्न उठाइरहेका छौ । नेपाल सरकारले निर्माण गरेको संस्था हो । यही संसद बनाएको संयन्त्र हो । यसलाई काम गर्न दिऔं ।’

प्रकाशित समय १८:०७ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु