V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अल्पविकसित देशको विकासलाई प्राथमिकतामा राख्न उपाध्यक्ष श्रेष्ठको विश्व समुदायलाई आग्रह

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले, अल्पविकसित राष्ट्रहरूमा दिगो विकासका लक्ष्यहरु (एसडीजी) को कार्यान्वयनका लागि तीव्रता दिन विश्वसमुदायलाई आग्रह गरेका छन् । न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको उच्चस्तरीय राजनीतिक मञ्चमा उनले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा जारी उच्च स्तरीय राजनीतिक फोरमको बैठकमा सहभागी भएका उपाध्यक्ष श्रेष्ठले भने ‘अतिकम विकसित मुलुक (एलडिसी) हरु विश्वव्यापी फोकसको केन्द्रविन्दू हुनुपर्छ, एलडिसी सफल भए एसडिसीहरु सफ हुन्छन् । उनले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन गर्न नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत् संरचनात्मक रूपान्तरणका गर्न एलडीसीहरूलाई सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह पनि गरेका छन् ।

 

उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी हुन नेपाली टोली १३ जुलाईमा अमेरिकाको न्यूयोर्क पुगेको थियो । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा संघीय सांसद् सदस्य तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद् तथा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अधिकारीहरु र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरु सहभागी छन् ।

 

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010