नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा सम्मानित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सलरेशन’, ‘बेस्ट फर्ममेन्ट अन एसेट क्वालिट’, ‘बेस्ट फर्ममेन्स अन प्रोफोट्याबिलिटी र ‘बेस्ट कमर्सियल बैंक’ विधामा उक्त सम्मान प्राप्त गरेको हो । भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द तथा बित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कारहरू ग्रहण गर्नुभएको थियो ।
यी अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूले बैंकको व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यमको प्रवर्द्धनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिन्छ ।
यस अवसरमा हामीप्रति निरन्तर विश्वासका साथ सहकार्य गर्नुहुने हाम्रा आदरणीय सेयरधनी तथा ग्राहकहरूमा हार्दिक आभार व्यक्त गर्दछौं । साथै, हाम्रो उन्नति र सफलतामा महत्वपूर्ण भूमिका खेल्नुहुने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । यसले हामीलाई हाम्रा सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन प्रेरित गर्दछ ।
नेपाल एसबिआई बैंकले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
प्रकाशित समय १०:४३ बजे


















