खिम्ती घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले ऋण लगानी गर्ने
काठमाडौं । वन्डर्स इनर्जी प्रालिले निर्माण गर्न लागेको खिम्ती-घ्वाङ् साना जलविद्युत आयोजना ९ मेगावाट र एनएमबी बैंकले १ अर्व २४ करोड ऋण लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौतामा एनएमबी बैंक तर्फबाट सस्टेनेवल ईनर्जी बैकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रवन्ध सचालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् । कम्पनीले दोलखा जिल्लाको जिरी नगरपालिका-१ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-१ को सीमा भएर बहने खिम्ती (घ्वाङ् खोलामा निर्माण गरिरहेको खिम्ती-घ्वाङ् जलविद्युत आयोजना २०८४ साल चैतमा सम्पन्न गर्ने गरि कार्य भइरहेको जनाएको छ ।
आयोजनाको लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति वैशाख १५ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको र आयोजनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्स्ट्रक्शन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर, आवास गृह आदिको निर्माण सम्पन्न भएको छ । सभिलि, हाईड्रो मेकानीकल र ईलेक्ट्रो मेकानीकल निर्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
आयोजना निर्माणका लागि लाग्ने १ अर्ब ८० करोडमध्ये १ अर्ब २४ करोड ऋण लगानीको लागि एनएमबि बैंकसँग समझदारी भएको हो भने बाँकी ५६ करोडमध्ये ३५ करोड जुटिसकेको र ३० करोड असोजभित्रमा जुटाउने गरी काम भइइरहेको जानकारी कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले दिनुभयो । उहाँका अनुसार गौरिशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने उक्त आयोजना नेपाल हाल बनिरहेका जलविद्युत आयोजनामध्ये हाईड्रो सेलेक्ट टुल्स फलो गरेर सामाजिक तथा वातवरणीय हिसाबले अन्तराष्ट्रिय मापदण्ड पूरा गरेर निर्माण गरिने पहिलो आयोजना समेत हुनेछ ।
प्रकाशित समय १७:२७ बजे


















