1100×100 Nabil Advert

पत्नी सीताको मृत्युबारे प्रधानमन्त्री प्रचण्ड : अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो, तर शान्त मृत्युवरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवन संगीनीको मृत्यु शान्त र सहज भएको बताएका छन् । जीवन संगीनी सीता दाहालको निधनको शोक मनाउन आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित श्रद्धाञ्जलीसभामा उनले आफूलाई पत्नी सीताको अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता रहेको तर उनको मृत्यु शान्तिपूर्ण रहेको बताए ।

लिखित सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले भने ‘थला नै परेपछि अन्तिम अवस्था दुखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । आईसीयू वा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो । तर, बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन् ।’ उनले बिहान सात बजेमात्रै सीतालाई अस्पताल पु¥याएको र साढे आठ बजे नै उनले प्राण त्यागेको सुनाए । उनले भने ‘साढे सात बजे हामीले हस्पिटल लगेको थियौं, साढे आठमा हामी सबैबाट बिदा भइन् ।’

उनले आफ्नो दुखको क्षणमा पाएको सद्भाव र सह्दयताप्रति आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । ‘मेरो जीवनसाथी एवम् सहयोद्धा कमरेड सीता दाहालको निधन भएकामा सबैको साथ र समवेदनाले यो पिडाबाट निस्किन हामीलाई मद्दत मिलेको छ । साथै, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौं ।’ मञ्चमा प्रधानन्त्री दाहाल दायाँबायाँ दुई छोरी रेणु दाहाल र गंगा दाहालसँग बसेका थिए । उनीहरु तीनैजनाले सेतो वस्त्र लगाएका थिए । कार्यक्रमको माहोल भावुक थियो । श्रद्धाञ्जली कार्यक्रममा सभामुख देवराज घिमिरे तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल तथा डा.बाबुराम भट्टराई पनि मञ्चमा बसेका थिए । कार्यक्रममा सीता दाहालको जीवनमा आधारित भिडिओ समेत देखाइको थियो । सो क्रममा कार्यक्रममा सहभागि अधिकासंका आखा भिजेका थिए ।

प्रकाशित समय १३:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु