V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

रास्वपाको उदयपछि विदेश जाने दर बढेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय दलका रूपमा उदाएपछि विदेश जाने दर ह्वात्तै बढेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले विदेश गएकाहरूलाई देश फर्काउँछौं भन्नेहरू राष्ट्रिय दल उदायपछि विदेशिने संख्या झनै बढेको बताए ।

उनले भनेका छन्, ‘नेकपा (एमाले) सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा (एमाले) हो भन्ने जनविश्वासलाई उजागर गर्दछ । तर तथ्यहिनरुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो । विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए । तर उनीहरु राष्ट्रिय पार्टीकारुपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झनै बढ्यो । के यसको जिम्मेवारी नेकपा (एमाले) ले नै लिनुपर्ने हो र ?’

रास्वपाका सभापति रवि लामिछानेले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको पूर्वसंघारमा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चाल्ने घोषणा गरेका थिए ।

 

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010