1100×100 Nabil Advert

बजेटले देशको आर्थिक मन्दीलाई सम्बोधन गर्न सकेन : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले अहिलेको बजेटले देशमा भएको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसकेको कारण आफूहरुले समर्थन नगरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकबाट बजेट पारित भएपश्चात सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले अहिलेको देशको आर्थिक अवस्था समेट्न नसक्ने भएकाले विपक्षमा मतदान गरेको बताए ।

उनले भने- ‘अहिलेको बजेटले देशमा भएको आर्थिक मन्दीलाई सम्बोधन गर्न सक्दैन् । अहिलेको देशको जुन आर्थिक अवस्था छ त्यसलाई वैदेशिक अनुसन्धानको लक्ष्य कहाँ छ ? सरकारको विश्वसनीयता छैन् न लक्ष्यमा पुग्ने सम्भावना छ । अनुमान गरेको तालमेल नमिलेको छ । त्यसैले समर्थन गर्ने कारण नभएकाले विपक्षमा बस्यौं ।’ उनले मुद्दा खारेज हुँदा खुसी लागेता पनि अब फेरि कहिले आउने हो भन्ने प्रतीक्षामा रहेको भन्दै व्यंग्य गरे ।

 

प्रकाशित समय १९:५५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु