V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

भ्याट तथा आयकर छुट खारेज गर्ने निर्णयप्रति गलैंचा उत्पादन संघ रुष्ट

काठमाडौं । नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले गलैंचामा भ्याट तथा आयकर छुट खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले आयकर छुट खारेजीका कारण नेपालको गलैंचा उत्पादन तथा निर्यातको क्षेत्रमा ठूलो प्रभाव परेको भन्दै सो निर्णय फिर्ता लिन माग गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष तेन्जिङ शेर्पाले अर्थमन्त्रीले आफूहरुले माग गरेको सुविधा दिनुभन्दा पनि भएको सुविधा कटौती गरेको भन्दै आपत्ति जनाए । उनले गलैंचा उत्पादनमा लाग्ने कच्चा पदार्थमा छुट र विशेष किसिमको सहुलियतसहित व्याज दिने व्यवस्था गर्ने हो भने उत्पादन लागत घट्छ र प्रतिस्पर्धामा क्षमता बढ्ने मागहरु सम्बोधन नभएको गुनासो गरे ।

उनले भने- ‘हामीलाई ऊनसरह छुट दिनुस्, अरु आयात गर्ने कच्चा प्रदार्थ छ त्यसमा पनि छुट दिनुस् । बैंकको व्याज बढी छ, विशेष किसिमको सहुलियतसहित व्याज दिने हो भने उत्पादन लागत घट्छ र प्रतिस्पर्धामा क्षमता पनि बढ्छ भन्ने माग थियो । तर अहिले अर्थमन्त्रीले मागेको सुविधाभन्दा पनि भएको सुविधा पनि कटौती गरेको छ ।’

उनले गलैंचा उद्योगको क्षेत्रले राज्यको पहुँच नपुगेको जनतालाई रोजगारी दिएर संरक्षण गर्दै आएको सरकारले नदेखेको भन्दै कर लगाँउदा गलैंचा व्यवसायमा आश्रित सम्पूर्णमा मजदूरको रोजिरोटी खोसिने, व्यापार घाटा बढ्ने र विदेशी मुद्राको बचत पनि घट्ने सम्भावना रहेको बताए ।
उनले भने- ‘अर्थमन्त्रीले हामीलाई भ्याटको दायरामा ल्याउँदा व्यापार घाटा त हुने नै छ । राज्यको पहुँचमा पर्दै नपरेको जनताहरुलाई हामीले संरक्षण गरेका छौं । उनीहरुले रोजीरोटी पाएको छ त्यो कुरा बुझेन । यसरी अचानक कर लगाउन मिल्दैन यसले गलैंचा व्यवसायमा आश्रित सम्पूर्णमा मजदूरहरु बेरोजगार बन्ने सम्भावना छ र यसले व्यापार घाटा बढाउँछ, विदेशी मुद्राको बचत पनि घटाउँछ ।’

 

प्रकाशित समय २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010