V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

देशमै रासायनिक मल उत्पादनमा लगानी बोर्डले अध्ययन गर्दैछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै रासायनिक मल उत्पादनका लागि कारखाना खोल्न लगानी बोर्डले अध्ययन शुरु गरेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिंदै उनले देशमै रासायनिक मल उत्पादनका लागि कारखाना खोल्न लगानी वोर्डले अध्ययन शुरु गरिसकेको र उक्त विषयमा भारत भ्रमणमा पनि गम्भीरढंगले कुरा उठेको बताएका हुन् ।

उनले भने– ‘आगामी आर्थिक वर्षका लागि पनि समयमानै रासायनिक मल व्यवस्था गर्न ३० अर्ब रकम विनियोजन गरिसकेको छ । देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन शुरु गरिसकेको छ । भर्खरैको भारत भ्रमणमा पनि यो विषय गम्भीरढंगले उठेको छ ।’ उनले लामो समयदेखिको समस्या समाधानका लागि सरकारले सक्दो प्रयास गरिरहेको भन्दै अहिले पनि पूर्णरुपमा समस्या समाधान गर्न नसकिएको स्वीकार गरे ।

‘पछिल्लो निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति बदलिएन । विश्वासको मत लिंदै मैले प्रतिवदता जनाएको थिए अब त्यस्तो हाहाकार हुने छैन ।’ उनले भने– ‘यद्यपी समस्याको समाधान अझै भएको छैन । तर मैले गरेको प्रतिबद्धता भने यस आर्थिक वर्षमा ७८ हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चित भएको छ ।’ अहिले एक लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई एक लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानमा वितरण गरिएको उनको भनाई छ ।

प्रकाशित समय १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010