सत्ता र शक्ति फेरियो तर जनताले पाउनु पर्ने सामान्य उपचारको अवस्था फेरिएन : सांसद् बर्तौला

काठमाडौं । नेकपा एमालेका सांसद् महेश बर्तौलाले जनताले सहजै रुपमा पाउनु पर्ने स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गरेका छन् । सोमबार प्रतिनीधि सभाको बैठकमा सांसद् बर्तौलाले देशमा प्रधानमन्त्री, मन्त्री, सांसद् र व्यवस्था समेत फेरियो तर जनताले पाउनु पर्ने सामान्य उपचारलाई पनि ६ महिना १ वर्ष कुर्नु पर्ने अवस्था भने नफेरिएको बताए ।
उनले भने ‘स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गरिएको छ । यस अन्तर्गत प्रत्येक व्यक्तिको स्वाथ्यमा समान पहुँच हुनेछ भनेर सुनिश्चितता गरियो । हामीले यो देशमा पटक–पटक प्रधानमन्त्री, मन्त्री र सांसद्हरु पनि फेरिए । हामीेले व्यवस्था पनि फे¥यौं । संविधान पनि फेरयौं र संविधानमा पनि व्यवस्था ग¥यौं । स्वास्थ्य सेवामा नागरिकको समान पहँच सुनिश्चिस्तताको व्यवस्था विषय तर आज नागरिकहरुले सामान्य पथरीको उपचार अप्रेसनको लागि ६ महिना कुर्नुपर्ने । किडनी ट्रान्सप्लान्टको लागि १ वर्ष भन्दा बढी कुर्नु पर्ने यो खालको अवस्था र विडम्बना को अन्य कहिले गर्छौ ।’
सांसद् बर्तौलाले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गरेर प्रत्येक व्यक्तिको स्वास्थ्यमा समान पहुँच हुनेछ भनेर सुनिश्चितता गरियो तर त्यसको कार्यान्वयन भने नभएको बताए ।
प्रकाशित समय १२:३९ बजे