जोखिम न्यूनीकरणको काम छाडेर गृहमन्त्रालय मोर्चा बनाउन व्यस्त : सांसद् झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले गृह मन्त्रालय मोर्चा बनाउन व्यस्त भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद् झाले जोखिम न्यूनीकरणको लागि सरकारको सहभागिता नभएको भन्दै कुनै पनि पक्ष तयारीमा नजुटेको बताए ।
उनले भने ‘मृत्युभन्दा पनि ठूलो डर मरिन्छ की भन्ने हुन्छ । अहिले पहाडको केही मानिसहरुलाई त्यहि त्रासले मारिरहेको छ । केही व्यक्तिहरु प्राथमिक उपचार नपाएर मरिरहेका हुन्छन् । हिजो ताप्लेजुङमा सुरेश नामक एकजनाको मृत्यु भयो । आज पहाड जोखिममा छ भने भोलि तराई र मधेश जोखिममा हुनेछन् । तर यसको लागि गृह मन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाईरहेका छैनौं ।
सायद उहाँ मोर्चा बनाउमा व्यस्त हुनुहुन्छ । हाम्रो प्रधानमन्त्रीलगायत अरु जिम्मेवार व्यक्तिहरुको उपस्थिति र जानकारी के हुँदै छ हामी जनप्रतिनिधि हौं हामीले पनि जवाफ दिनु पर्नेछ । र हामीले प्रश्न सोध्ने कसलाई ? जवाफ कहाँ बाट अपेक्षा गर्ने ? हामी जवाफ चाहन्छौं । सांसद् झाले जनता कतिपय अवस्थामा उपचार नै नपाएर मृत्यु स्वीकार्न बाध्य हुने गरेको टिप्पणी पनि गरे ।
प्रकाशित समय १२:२९ बजे