1100×100 Nabil Advert

सोझै जनताको हातमा बजेट पुर्‍याउने कार्यविधि बनाउँदैछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारीको नाममा सरकारले छुट्याएको बजेट सोझै जनताको हातमा पुर्‍याउने कार्यविधि बनाउने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलामा प्रधानमन्त्री दाहालले विगतमा यस क्षेत्रमा छुट्याएको बजेट जनताको हातमा नपुगी विचौलियाको हातमा पुग्ने गरेको बताए । उनले बजेट अब सोझै जनताको हातमा पुर्‍याउने कार्यविधि बनाउने तयारीमा जुटेको बताए ।

उनले भने– ‘विगतमा अनुदान र सहयोगको नाममा अरबौं रुपैयाँ वास्तबिक श्रम गर्नेहरुको हातमा नगएर विचौलियाको हातमा गयो बालुवामा पानी खन्याको जस्तो पैसा गएर पनि काम भएको छैन । त्यसैको अनुभवमा अहिले गुणात्मक ढंगले सीधै जनताको हातमा अरबौं कसरी पुर्‍याउन सकिन्छ भनेर कार्यविधि बनाउँदै छु ।’ उनले अहिलेको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई जोड दिएको बताए ।

प्रकाशित समय २०:१७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु