२० लाख त के दश हजार पनि ऋण मिनाहा गर्न सकिंदैन : प्रकाशराज शर्मा (भिडियोसहित)
प्रकाशराज शर्मा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । लघुवित्त वित्तीय संस्थाको क्षेत्रमा देखिएका समस्या, त्यसको निराकरणका लागि भइरहेका प्रयासहरु, कर्मचारीहरुले खपिरहेका धम्कीलगायत समग्र वित्तीय अवस्थाको बारेमा शर्मासँग क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानी :
० लघुवित्त वित्तीय संस्था अहिले धेरै समस्यामा देखिरहेका छौं, के कारणले यो समस्यामा आयो ?
लघुवित्त भन्दाखेरी दुईवटा कुरा सँगसँगै आउँछ । लघुवित्तको सन्दर्भमा भन्दाखेरी लघुवित्तको सन्दर्भमा एउटाचाहिं स–सानो वित्तीय सेवा र अर्को कुरा चाहिं विपन्न वर्ग, जो चाहिं यो औपचारिक वित्तीय संरचना छ, त्यसभित्रचाहिं पहुँच छैन । त्यो वर्गलाई सेवा दिने र चाहिं सहजै सेवा दिने । उहाँहरुको घरदैलोमा सेवा दिने र त्यहाँबाट उहाँहरुको वित्तीय आवश्यकता पूर्ति गर्ने भन्ने कुराबाट आएको हो । र यसको पछाडि अहिले कतिपयमा भ्रम छ, कन्फ्युजन छ । कतिले चाहिं अर्कैरुपमा पनि बुझ्नु भएको छ । तर जुन बेला यसको साउथ एशियामा लघुवित्तको जन्म भएको हो बङ्गलादेशबाट । पछि चाहिं प्रपशल ग्रामीण बैंकको जन्मदाता उहाँले नोवेल शान्ति पुरस्कार पनि पाउनुभयो । यसको उद्देश्य के थियो भने हरेक व्यक्ति हामी सबै जो पनि एउटा इश्वरीय देन, भगवानले चाहिं सबैलाई ‘सर्भाइभल स्कील’ भन्छ, त्यो क्षमता दिएको हुन्छ । त्यो क्षमतालाई प्रयोग गर्नलाई पूँजी कहिले–कहिले आवश्यकता पर्छ । त्यो क्षमतालाई उच्चतम प्रयोग गर्नलाई ‘म्यानेजमेन्ट स्कील भन्छौं नि, त्यसलाई पनि प्रयोग गर्नलाई त्यस्तै जुन चाहिं बाँच्न सक्ने क्षमता हरेक मान्छे, कसैले कलाकार भएर जन्मेको हुन्छ कसैले चाहिं छुट्टै भिन्नरुपले भनौ त्यो अपाङ्गता भएकाहरुको कुरा गर्ने हो भने कसैले गायन ल्याएको हुन्छ, कसैले बजाना ल्याएको हुन्छ, विभिन्न किसिमको कसैले नाच्ने ल्याएको हुन्छ । सबैलाई त्यो इश्वरले दिएको हुन्छ । त्यसलाई चाहिं क्यापिलाइज गर्नको लागि, त्यसलाई पूँजी दिनुपर्छ र त्यसले आयआर्जन गर्छ भन्ने हो ।
हामी एउटा यहाँ कतिले चाहिं के बुझियो भने विगतमा गरिबी केन्द्रित कर्जा कार्यक्रममा नेपालको सन्दर्भमा २०३१ सालदेखि साना क्षेत्र यो कर्जा वाणिज्य बैंक थिएन, कृषि विकास बैंकको साना किसान विकास आयोजना कार्यक्रम भनियो र विभिन्न कार्यक्रमहरु चाहिं आउँदैगर्दा खेरि त्यही कार्यक्रम गर्दाखेरी के गर्यो भनेदेखि कतिलाई चाहिं यो गर भनेर कर्जा पनि दिने भनेर सिकाइयो । त्यसले गर्दाखेरी के भयो भने मान्छेले उसको मन पनि नहोला अथवा उसले सिकेन । त्यसकारण हामीले लघुवित्तलाई के गर्यौं भनेदेखि सानो कर्जा दिने जुन उसको क्षमता हुन्छ, जुन उसको इश्वरीय क्षमता, जुन जन्मजात क्षमता भने त्यसलाई क्यापिलाइज गर्ने । मानौं त्यो चाहिं बाख्रा पालन गर्नलाई तालिम दिइरहनु परेन । ती दुईवटा बाख्रा पालेको छ भने चारवटा पाल्न दिने, भैंसी पालेको छ भने पाल्न दिने शुरुवात गरेपछि त्यसलाई पछि गएर कमर्सियलाइज गर्ने भनेर भनेको अवस्थामा राम्रै गर्दै आएको थियो । लघुवित्तले चाहिं विगत २०४९ सालदेखिको कुरा गर्दै आएको थियो राम्रै गर्दै आएको थियो । वित्तीय पहुँच धेरै डिस्ट्यान्सहरु छन् । त्यसपछि घरदैलोमा बैंकिङ्ग सेवा गर्नमा एउटा बैंकिङ्ग ह्याविटको चाहिं बानी विकास गर्नमा त्यसपछि यो समावेशी भनौं न महिला, पुरुष, दलित, जनजाति सबैलाई चाहिं यसमा वित्तीय व्यवस्थाभित्र ल्याउनमा र कर्जाबाट उद्यम व्यवसाय गर्नमा र जुन चाहिं यो विचौलियाहरुको चलखेल । यो ऊ गर्नलाई सिध्याउनका त्यसपछि गएर साहुमहाजनको जुन अहिले मिटरव्याजीको जुन चर्को मिटरव्याजहरु इत्यादि त्यसलाई चाहिं एउटा साइजभित्र राख्नलाई, निमिट्यान्न त पार्न नसकिएको होला तर त्यसलाई एकदमै न्यूनीकरण गर्नमा लघुवित्तले भूमिका खेलेको हो ।
० लघुवित्तमा चाहिं तपाईंहरुले खास उद्देश्यभन्दा बाहिर गएर उहाँहरुलाई तपाईंहरुले उद्यमशील नबनाइकन ऋण प्रवाह गराउनुभयो र आज ‘आउट अफ ट्र्याक’ जानुभएको भन्ने कुराहरु छ नि, के हो वास्तविकता ?
होइन, होइन । त्यो अघि शुरुमै भनिसकें मैले अलिकति चाहिं गलत बुझाई भयो । अथवा हामीले गलत बुझ्यौं भनौं भन्नुपर्यो । यो के हो भने हामीले जुन बेलामा लघुवित्त शुरु गर्यौं, त्यसबेलामा हामीले ‘लाइभलिहुड विजनेश’ भन्थ्यौं । जिविकोपार्जनको लागि एउटा बाख्राको लागि पाँच हजार कर्जा थियो । एउटा बाख्रा, दुईवटा बाख्रा अथवा एउटा भैंसी अथवा ५० वटा कुखुरा त्यसरी चाहिं हामीले त्यसलाई गर्यौं । त्यसपछि गएर त्यो कर्जा पनि सानो थियो । राष्ट्र बैंकको नियमन पनि थियो यो भन्दा बढी नदिने भनेर । त्यो जिविकोपार्जनको उद्देश्य भनेको ‘ह्याण्ड टु माउथ’को कुरा थियो । त्यो सिकाउनको लागि भनेर कतिपय चाहिं त्यतिखेरका अहिले भन्दाखेरी व्यवहारिक कुराहरु जस्तो भनौं न प्रत्येक हप्तामा किस्ता तिर्नुपर्ने, त्यो भनेको बैंकिङ्ग ह्याविट बनाउनलाई अनिवार्य वचतका कुरा राख्नुपर्ने । त्यस्ता कुराहरु हामीले शुरु गरेको हो । जब त्यसबाट बानी विकास भयो र कर्जाको ‘भोलम’ पनि अलिक ठूलो भयो, त्यसबेलामा गरिरहेको चिजलाई हामीले कर्जा दिने हो । यहाँ एउटा चाहिं एकदमै उद्यम बनाएर कर्जा दिने भनेर लघुवित्तमा कहिं पनि हुँदैन । यो चिज उसको उद्यमी व्यवसायिको विजनेश डेभलपमेन्ट भन्ने कुरा, उहाँहरुको क्षमता अभिवृद्धि भन्ने कुराहरु, मार्केटिङ्ग भन्ने कुराहरु यो चाहिं छुट्टै निकायहरुले गर्नुपर्ने छुट्टै चिज हो । तर त्यसमा के हुन्छ भनेदेखि गरिसकेपछि ‘सर्टेन काउन्सिलिङ टेक्निकल ब्याकिस्टकिङ्ग’ भन्छ । हामीले त्यो जुन लघुवित्तले गर्ने हो, तर यहाँ कस्तो बुझाई भयो भने पहिला चाहिं लघुवित्त समूह जमानीहरुमा हामीले कर्जा दिने हो । समूहमा आउनको लागि हामीले सात दिने ट्रेनिङ दिने हो । तालिम दिन्छौं हामीले, यसरी बुझ्नुपर्यो । त्यो तालिम भनेको चाहिं के हो भने त्यहाँचाहिं बैंकको नियम के छ, ब्याज के कस्तो छ, तपाईंहरुको चाहिं दायित्व के हुन्छ, कर्तव्य के हुन्छ । समूहको के हुन्छ, रुल्स के हुन्छ ? यो सम्बन्धमा त्यतिखेर त हामीले ल्याप्चेमा हामी विश्वास गर्दैनौं, हामीले कर्जा दिदैंनौं, त्यसकारण हामीले क, ख, ग भनेर भए पनि सीता भनेर हामीले त्यो सात दिन सिकाउँछौं, अनिवार्य समूह तालिम भनेर त्यसलाई चाहिं कतिपयले बुझाईचाहिं त्यो सात दिन चाहिं उद्यम बनाउनको लागि समय दिने भन्या भनेर बुझे । बैंक त वित्तीय संस्था हाम्रो सिकाई भनेको हाम्रो चाहिं डेबिट–क्रेडिट कसरी पैसा लिने, कसरी सदुपयोग गर्ने, त्यो चीज भएको हो । क्षमता विकास गर्नको लागि छुट्टै निकाय हुन्छ । एउटा कुरा यहाँचाहिं जोड्न मन लाग्छ, जुन कुरा हामीले, मैले जवाफ दिनुपरेको छ अथवा लघुवित्तले जवाफ दिनुपरेको छ । तिमीहरुले गरिवी निवारण गर्न सकेनौ अथवा सामाजिक बैंकिङ्ग गर्न सकेनौ अथवा मान्छेलाई माथि उठाउन सकेनौ, भएका चीजहरुलाई हेरिएको छैन । त्यो नेगेटिभ न्यूज आएको छ । त्यसलाई हेरिएको छ तर त्यो चिजलाई चाहिं कस्तो गाह्रो छ, कतिपयचाहिं सरकारले सक्या छैन । स्थानीय सरकार छ सरकारले विभिन्न गरिवी न्यूनीकरण भनेको छ, तालिम दिने भनेर अरबौं रुपैयाँचाहिं खर्च हुन्छ । गाह्रो काम त्यो काम चाहिं लघुवित्तले एकै पटकमा गर्ने कुरा चाहिं हुँदैन । एउटा कुरा यहाँहरुलाई भन्छु, लघुवित्तका १२–१३ वटा प्रिन्सिपल भन्ने छ– ‘वल्र्डवाईड प्रिन्सिपल’ छन् । त्यसमा एउटा प्रिन्सिपलले के भन्छ भने ‘माइक्रोफाइन्स इज नट द एनसर’ भन्छ के लघुवित्त सबै चीजको उत्तर हुन सक्दैन । लघुवित्त रामवाण होइन भन्ने पनि भनिन्छ । यो चाहिं गरिबी न्यूनीकरणको अथवा लाइभलिहुड इम्प्रुभमेन्टको अथवा इन्कम जेनेरेटिभको एउटा सिद्ध भइसकेको छ । आफैंमा रामवाण होइन । यसमा अरु चीजहरु सहायक सर्भिसहरु, सरकारको सर्भिसहरु आवश्यक छ । त्यो अहिले उठाउनुभएको प्रश्न उठाए त्यसकारण लघुउद्यम बनाएर त्यसपछि कर्जा दिने हो यो चीज गर्यो भने एउटा प्राटिकल उदाहरण दिन्छ । यसमा मानिलिऊँ मैले तालिम के दिएँ, यहाँ माछा चाहिं राम्रो चल्छ, माछापोखरी खन्नुस् अनि मसँग चाहिं माछा रिसोर्स प्रर्सन छ, माछाको तालिम दिएँ भनेर मैले माछाको तालिम दिएँ । होइन बैंकले भन्यो, लघुवित्तले चाहिं खर्च गर्यो आफ्नो । रिर्सच गर्यो किनकि उद्यमी बन्नु छ भनेर भनेपछि अब भोलि कुनै कारणले माछाचाहिं सफल हुन सकेन भने दोष के आउँछ भने पैसा त तिर्नुपर्छ हामीले । त्यसकारण तपाईंले भनेर त मैले गरेको हो नि, तपाईंले सिकाउनु भएको । त्यसकारण हामीले के भन्छौं भने सिकाउने हामीले भन्ने होइन । हामीले उहाँहरुलाई उद्यममा परियोजना विश्लेषण, उहाँको विश्लेषण सही भयो भनेमात्र हामीले लगानी गर्नुपर्छ हो, त्यसकारण त्यो दीगो हुन्छ ।

० तपाईंहरुले जुन ऋण प्रवाह गरिरहनु भएको छ त्यो पैसा चाहिं तपाईंहरुले स्थानीय मानिसहरुसँग उठाउनुहुन्छ ? अनि तपाईंहरु स्थानीयलाई नै लगानी गर्नुहुन्छ । त्यहाँ निक्षेप लिंदाखेरि ठिक्क मात्रामा लिएर व्याजदर अलिकति थोरैमात्रै मार्जिन राखेर लगाएर अलिकति मान्छेलाई सहज बनाएर दिन सक्ने वातावरण बनाउन सकेनन् भन्ने आरोप छ नि ? बढी ब्याज राखेर तपाईंहरुले असुल उपर गरिराख्नु भएको छ ?
बढी ब्याज होइन फेरि यसमा त्यही भइरहेको छ । त्यो लघुवित्तलाई कहिले–कहिले कस्तो चाहिं भइरहेको छ भने ‘घ’ वर्गको लघुवित्त वित्तिय संस्थाहरुलाई विशेष गरेर भन्दाखेरी व्यापक छ । कोअपरेटिभले पनि लघुवित्त गर्छन् । त्यसपछि डेभलपमेन्ट बैंकले पनि लघुवित्त गर्छन् । कमर्सियल बैंकले पनि लघुवित्त गर्छन् । जुन हामीले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्था भन्छौं, त्यसमा चाहिं राष्ट्र बैंकको प्रष्ट निर्देशन छ, त्यसमा हामीले ब्याजदर १५ प्रतिशतभन्दा बढी जान पाउँदैन भनेको छ । जहाँसम्म कर्जा–निक्षेपको कुरा छ, बचत निक्षेपमा पनि दुई किसिमका संस्था छन्, जहाँ ६४ वटा संस्था छन् । दुईवटा संस्थाबाहेक अरु संस्थाहरुले पब्लिक डिपोजिट लिएर निक्षेप संकलन गर्दैनौं । भनेको ती सदस्यहरुबाट लिन्छन्, सदस्यहरुको पनि कुरा गर्ने हो भने ६० लाखजस्तो चाहिं हामीसँग सदस्यहरु हुनुहुन्छ । ६० लाखमा कुनै न कुनै खालको खाता हुन्छ, त्यसमा कुनै तरिकाले खातामा बचत जम्मा गर्नुहुन्छ । त्यसमध्ये ३२–३३ लाख सदस्यले ऋण लिनुभएको छ । उताबाट चाहिं बचत आउँछ र त्यो बचतले पुग्दैन । हामीलाई अहिले त्यो सन्दर्भमा कुरा गर्ने हो भने जम्मा ६४ को कुरा गर्ने हो भनेदेखि हाम्रो ४ सय ५१ अर्ब कर्जा छ । त्यो हामीले लिनुपर्ने छ । त्यही डिपोजिट चाहिं यहाँले कुरा गर्नुभएको थियो १६७ अर्ब छ । त्यो त पुगेन । त्यसपछि चानचुन चाहिं २० अर्ब चाहिं यो शेयर धनीहरुले राखेको छ, त्यसले पनि पुग्दैन । त्यो बाँकी पैसा कहाँबाट ल्याउनेभन्दा हामीले अरु बैंकबाट ए, बी, सी वर्गका बैंकहरुबाट चाहिएको ऋण लिएर हामीले कर्जा लिएर त्यो पनि १३, १४, १५ प्रतिशतमा लिएर गर्छौं । अब जुन बचतमा ब्याज कति हुने हो, कति लिनु पर्ने हो भन्ने कुरामा त्यो अहिले चाहिं स्पष्ट निर्देशन नभएको हुनाले एक–दुई वटा केशहरु ‘जनरलाइज’ गरिन्छ । सबैभन्दा दुःखको कुरा के छ भने कसैले बदमासी गर्यो भने कसैले कम्प्लायन्स पालना गरेन अथवा कसैको इन्टेन्शन ठीक भएन भनेपछि त्यसको करेक्शन गर्नुपर्छ ताकि सबैलाई सहज होस् । अब कुनै एक–दुई वटा संस्थाले अलिकति कम व्याज दिए बचतमा भने कर्जामा त १५ प्रतिशत नै हो । त्यो पहिला अलिकति इस्यु आएको थियो । अहिले त्यो राष्ट्र बैंकले सुधार गरेर मेक्सीमम् कर्जाको चाहिं आधा भनेर १५ प्रतिशत भनेर अहिले साढे सात प्रतिशत ब्याज भयो । त्यो पनि त्यो बचत भनेको पैसा ऋण दिंदाखेरि जसले पनि गर्छ नि । यहाँले ठूलोठूलो बैंकहरुबाट चाहिं ऋण लिनुभयो भने अहिले चाहिएन भने २ करोडको कर्जा स्वीकृत भयो भने २ करोड त यहाँको बचत खातामा जान्छ पहिला । त्यसपछि यहाँले मेसिन किन्नुपर्छ अथवा क्यामेरा किन्नुपर्छ अथवा फर्निचर किन्नुपर्छ भनेर त्यहाँ राख्नुपर्छ । त्यतिखेरसम्म त बचिराखेको हुन्छ नि । सबै कर्जाको ब्याज चाहिं १०–१२ प्रतिशत होला बचतमा त अझ कति चल्ती खातामा राख्नुपर्छ । ब्याज नै पाइँदैन । त्यो चाहिं बैंकिङ्ग सिस्टम हो । यो संसारमा यस्तै चल्ने कुरा हो । एकपल्ट चाहिं कुनै कुनै बेलामा त्यो छ त्यसलाई चाहिं अर्कै रुपमा बुझियो ।
० जस्तो लघुवित्तहरु नियमनकारीहरुले राम्रोसँग नियमन नगरिदिंदा ऋण प्रवाह डुप्लिकेशन भयो, कसै–कसैले त दर्जनभन्दा बढी लघुवित्तबाट ऋण लिए तर तिर्न सकिरहेका छैनन्, यस्ता कुरामा ‘एनालाइशिश’ तपाईंहरुको नभएको देखियो नि ?
यो एकदम सही हो । यसमा केही आंशिक सहमति हुँदै कुरा गर्छु । यसका दुई वटा पाटो छन् । एउटा पाटो त के हो भने कुनै हाम्रो ऋणी सदस्यले, ग्राहकले भनौं पैसा लिनुभयो त्यो पैसाचाहिं सदुपयोग गर्नुभएन । उहाँले सदुपयोग नगरेपछि त्यसबाट उत्पादन हुने कुरा भएन । त्यसबाट आम्दानी हुने कुरा भएन । त्यसबाट उहाँले मोबाइल किन्नुभयो वा स्कुटी किन्नुभयो अथवा छोराछोरीको विवाह गर्नुभयो । त्यस्तो भयो भने किस्ता त तिर्नुपर्यो । त्यस्तो बेलामा अर्को संस्थाबाट ऋण लिएर त्यो गरेको हुनसक्छ । त्यो सदुपयोगिताको सवाल हो । त्यो हामीले चाहिं हेर्नुपथ्र्यो । त्यसको आधार चाहिं लाइसेन्स पनि बढी भएको हो । नियमकारी निकायबाट ९०–९१ वटा संस्था पुगेको थियो, अहिले ६४ वटा छन् । त्यो भयो च्याऊ उम्रेको जस्ता शाखाहरु छन् । शाखाहरु खोल्नमा पनि राष्ट्र बैंक उदार भयो । त्यसको उद्देश्यचाहिं त्यतिखेर राष्ट्र बैंकको भनाई अनुसार वित्तीय पहुँच पुर्याउन गरेको हो तर त्यो गल्ती थियो । त्यो यसरी गर्न भनेको थियो, त्यहाँ नीतिगत कुरा थियो होला । राजनीति पनि होला । त्यो भयो । तर अर्को पाटो के छ भने यदि मानिलिउँ त्यो बेलामा पनि एकल ग्राहक सीमा कर्जा भनेर विनाधितोको कुरा गर्छु है मैले । एक जना व्यक्तिले ७ लाखसम्म विना धितो लिन पाउने भनेर त्यो बेलामा पनि नियम थियो । अहिले पनि नियम छ । एक जना व्यक्तिले मानिलिउँ यहाँले पैसा लिएर १ लाख अथवा २ लाख लिएर एउटा भैंसी पालन गर्नुभयो । लघुवित्तको ऋणले २ वटा भैंसी पाल्नुभयो । २ लाख रुपैयाँले चाहिं यहाँले राम्रो गर्नुभयो । त्यसबाट चाहिं एकदमै राम्रो भयो । यहाँको कुनै परिवारको सदस्य विदेश गएको थियो । विदेश गएको परिवार चाहिं फर्केर आउनुभएको छ । म यहीं केही गर्छु मलाई त्यहाँ समस्या भयो भनेर तपाईंले २ लाखमात्र लिनुभएको छ । लघुवित्तबाट ऋण तपाईंको सदस्य भाई होला अथवा कोही होला, त्यहाँ आएर मैले चाहिं बाख्रा पालन गर्छु त्यही उसमा बाख्रा पाल्नको लागि ७ लाख त पाइन्छ भनेर अर्को संस्थासँग जान्छ । उसले त दिंदैन, २ लाख कर्जा छँदैछ भनेर २ लाख लिएर गर्यो भने जम्मा ४ लाख भयो । अझ ३ लाख बाँकी छ । त्यहाँ अर्को चाहिं साइडमा किराना पसल गर्छु भनेर गर्यो भने आखिर उद्यमशीलता भन्ने कुरा त यसरी जाने हो नि त । दुईटा कुरा के छ भने जसरी पहिलो प्रश्न गर्नुभएको थियो । यो चाहिं मिसयुज भएको थियो । त्यसकारणले पहिलाको तिर्नको लागि चाहिं अर्कोमा जानुभयो । यहाँ के भयो, परियोजना गर्नको लागि होइन अर्को परियोजना थप्नको लागि, अर्को एक्टिभिटी थप गर्नको लागि, थप पूँजी आवश्यकता पर्छ । यो भैंसीले किस्ता तिर्न पुग्छ, अलिअलि आम्दानी भएको होला, म त्यहाँ गर्छु भनेर २–३ संस्थाबाट लिन्छ । त्यो चिज हामीले गर्न चाहेको हामीले गर्न लागेको खोजेको त्यही नै हो ।
० तर यहाँ १२–१३ वटाबाट पनि ऋण लिएका रेकर्ड आए नि ?
कतिपय चीजहरुमा झुक्याएर हाम्रो पनि कमजोरी भयो होला । सदुपयोगितामा झुक्याएर त्यो पैसा चाहिं १२–१३ वटाबाट उठाउने त्यसपछि अन्य चीजहरुमा लगानी गर्ने होइन, यस्ता चाहिं यो समाजमा जहिले पनि हुन्छ । त्यसलाई कन्ट्रोल गर्नुपथ्र्याे । कन्ट्रोल गर्नुपर्छ । त्यो चाहिं रियल स्टेटमा, जग्गा जमिनमा लगाउने अथवा कसैलाई फेरि व्याजमा लगाउने यस्ता होला । यसमा पनि मेरो के छ भने अहिलेसम्म जतिपछि छ, कसैले १२–१३ वटा भन्छ, कसैले ४–५ वटा भन्छ, कसैले ३–४ वटा भन्छ कहिं यो तथ्याङ्कबाट आएको चीज चाहिं होइन । म पनि अञ्जानमा छु । वास्तवमा एक जना व्यक्तिले अधिकतम कति वटा संस्थाबाट लिएको छ भन्ने कुरा कतैबाट पनि पुष्टि हुने, कर्जा सूचना केन्द्रबाट लिने कोशिश गरिरहेका छौं । अहिले कम्पनीमा तर त्यो छैन । एउटाले एउटा भनिदिन्छ, अर्कोले एउटा भनिदिन्छ । त्यसैलाई सच्चा मान्ने हो त अहिले ।

० लघुवित्त संस्थाहरुका ऋणीलाई ‘ऋण नतिर, बचतकर्तालाई बचत पनि नगर’ भनेर आन्दोलन चलिरहेको छ, यो एउटा ‘सिष्टम कोल्याप्स’ गर्ने अभियान चलिरहेको देखिन्छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि लघुवित्तको समस्या किन यो समस्या देखियो भनेर समिति गठन गरेको छ ? यसलाई कसरी लिनुभएको छ ?
यो अहिले लघुवित्त अथवा अर्थतन्त्रमै सिस्टममै रिक्स बढ्दैछ त्यसलाई चाहिं वास्तवमा लघुवित्तमा भन्ने हो भने लघुवित्तमा अहिले पनि हामीप्रति सकारात्मक र यसबाट राम्रो गरेका लघुवित्तको सेवाले चाहिं माथि उठेका अथवा लघुवित्त सेवा चाहिन्छ, वित्तीय आवश्यकता पूरा गर्न यो एउटा घर–दैलोमा भएको एउटा सेवा हो भनेर यावत कुराहरु छन् । उहाँहरुले भनिरहेको, गरिरहेको अवस्था छ । तर एउटा वर्ग, एउटा स्वार्थ समूह पैसाचाहिं विभिन्न नामबाट प्रयोग गर्ने र अर्को उद्देश्यको लागि यसलाई डिस्टर्व गर्ने, यसलाई समस्यामा पार्ने उद्यतले एउटा समूह खडा भयो । विगत १२–१३ महिनादेखि चाहिं यो लघुवित्तको आन्दोलन भनेर हामीले भोगिरहेका छौं । त्यसलाई हामीले समयमा गत साल भदौदेखि नै हो गृहमन्त्रालयले गुहार गरेर लघुवित्त संघले गर्यौं । राष्ट्र बैंकलाई पनि भन्यौं । विभिन्न ठाउँमा भन्यौं र अहिले पनि यदि भन्ने हो भने कर्जा नतिर भनेर उक्साएर हाम्रो निस्कृय कर्जा दर बढेको अवस्था र कतिपय अवस्थामा विभिन्न कारणले, कोभिडको कारणले, त्यसपछि लिक्युडिटीको कारणले आपूर्ति श्रृंखलामा अवरोध भएको कारणले, रुस–युक्रेन युद्धको कारणले, इन्फ्लेशनको कारणले मान्छेसँग पैसा छैन । त्यसकारण त्यहि बेलामा चाहिं उनीहरुलाई उक्साएर एउटा समूह लागि परेको कारणले र हामीलाई कालो मोसो दल्नेदेखि लिएर शान्ति सुरक्षाको एउटा समस्या छ, तर अहिले पनि लघुवित्त चाहिन्छ भनेर लघुवित्तबाट कर्जा लिने लघुवित्तको कर्जा तिर्ने लघुवित्तमा कारोवार गर्ने र हाम्रो जुन डिपोजिट गर्ने त्यो हाम्रो नासो हो, त्यो हाम्रो डिपोजिट सुरक्षित हुन्छ, निक्षेप राख्ने अहिले पनि भइराखेको छ । यो बेलामा चाहिं यही सन्दर्भमा विभिन्न कुराहरु उठे, राष्ट्र बैंकले एउटा चाहिं समिति गठन गरेको छ । लघुवित्त बैंकर्सको मैले प्रतिनिधित्व पनि गर्ने छु, त्यसमा ७ जना छ । ४ जना राष्ट्र बैंकबाट हुनुहुन्छ । २ जना स्वतन्त्र व्यक्ति हुनुहुन्छ । एक जना म छु । त्यहाँबाट चाहिं लघुवित्तमा पोलिसी रिभ्यु गर्नुपर्ने हो कि हाम्रो अपरेशन मोडालिटीमा चाहिं फाइन ट्युलिङ गर्ने हो कि अर्कोतिर जानुपर्ने हो कि के हो भनेर त्यसलाई हामी केलाउँछौं नै । निश्चय पनि त्यसमा एउटा निचोड आउला । तर यो भनेको के हो भने राष्ट्र बैंक पनि चिन्तित छ भन्ने यसले दर्शाएको छ । राष्ट्र बैंक भनेको सरकार नै हो । राष्ट्र बैंक पनि चिन्तित छ भन्ने देखिएको छ । यसले पनि केही न केही निकास ल्याउने छ भन्ने आशा राखौं । किनभने त्यहाँ इन्डिपेन्डेन्ड एक्सपोर्ट हुनुहुन्छ । लघुवित्त बैंकर्स छ । केन्द्रीय बैंकको रिसर्चको नियमनको कार्यकारी निर्देशकहरु त्यहाँ हुनुहुन्छ भने केही न केही राम्रो हुन्छ ।
० जस्तो २० लाख सम्मका ऋण नतिर भन्ने खालको अहिले आवाज एकदमै चर्कोरुपमा सुनिराख्नुभएको छ । यो जनताको पैसा यो जनताबाट लिएको निक्षेप नतिर भन्दाखेरी पर्ने असर चाहिं के हुन्छ ? यसले कहाँसम्म ‘हिट’ गर्ला ?
यो चाहिं कल्पनै नगर्ने चीज हो । यो अहिलेको भनौं न अहिलेको इकोनोमी, त्यहाँ पनि हरेक एक–अर्कासँग सम्बन्ध गाँसिएको हुन्छ । त्यस्तो बेलामा २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने रे । मिनाहा चाहिं कसले गर्ने हो ? पहिलो कुरा अब सरकार हाम्रो सरकार सक्षम भएको भए सरकारले रेस्क्यु गर्नसक्ने भएको भए, अब यो कुराहरु हुन्थेन होला । हामी त्यसै समस्या छौं । त्यसकारण २० लाख त के १० हजार पनि ऋण मिनाहा गर्न सकिंदैन । त्यो एउटा उखान छ नि बुढी मरो भन्ने पिरभन्दा काल पल्क्यो भने पिर भनेजस्तो । यो मिनाहा कुरा भन्ने शब्द त कसरी सम्भव हुन्छ ? अर्काको पैसा, कसैको नासो बैंक तथा वित्तीय संस्था भनेको टोटलमा भन्छु क, ख, ग, भनेको वित्तीय मध्यस्तकर्ता गर्ने हो । कसैसँग सटकट पैसा एकछिन ल्याउने हो, त्यसपछि जसलाई आवश्यक पर्छ त्यहाँ तिर्ने हो । त्यहाँ दुवैतिर त्यहाँ छन् । एउटाबाट लिएर पैसा त कति हुन्छ र बैंकको पैसा हुन्छ र हाम्रो लघुवित्तमा कुरा गर्ने हो भने ३० अर्ब पूँजी छ पेड अफ इक्विटि छ । साढे ४ खर्ब चाहिं हाम्रो लोन छ । त्यही भएर त्यसले कहाँ पुग्छ र कहींबाट ल्याएर गरेको हुन्छ । त्यसकारण यो भनेको कुरा के हो भने सबैले विजनेश गर्ने हो । विजनेश व्यापार गर्ने हो । अहिलेको व्यवसायिक युग भन्छौं नि, सबैले गर्ने हो । यहाँले सञ्चार यो चलाइरहनु भएको छ । मिडिया हाउस चलाइरहनु भएको छ यहाँले पनि आफ्नो सर्भिस सेवा गर्ने हो त्यसपछि व्यापार गर्ने हो । हामी बैंक तथा वित्तीय संस्थाले पनि त्यही गर्ने हो । मेडिकलले त्यही गर्ने हो । सबैले त्यही गर्ने हो । त्यहाँ सेवा लिने त्यो सेवाको मूल्य तिर्दैन भनेर भन्यो भने त्यो भन्दा अराजकता के हुन्छ । जसले जो अभियन्ता २० लाख भनेर चाहिं भन्नुहुन्छ नि, उहाँले उहाँकोबाट सेवा लिएर उहाँको पनि थुप्रो उहाँ त व्यापारी, उद्यमी के–के हो पूर्वको । उहाँको अस्पताल छ, के–के छ, त्यहाँबाट सेवा लिएर पैसा तिरेन भने के हुन्छ, त्यहाँबाट सेवा दिन सक्नुहुन्छ ? उहाँको बैंकको व्याज तिर्न सक्नुहुन्छ ? त्यही त कुरा हो नि ।
(पूरा संवाद भिडियोमा हेर्नुहोला)
प्रकाशित समय २३:०३ बजे


















