1100×100 Nabil Advert

जन्मदिनमा प्रभु लाईको जीवन बीमा उपहार

काठमाडौं । पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पुर्‍याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हुँदै गएको छ । यसै सन्दर्भमा भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलिसी उपहार स्वरुप प्रदान गरेका छन् । जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर एवम् एमडीआरटी सदस्य बबिब दुवालले जन्मोत्सवका बीच बीमा पोलिसी हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताउनुभयो । जीवन बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिनुभएकोमा दुवाल परिवारलाई वागमती प्रदेश प्रमुख मदन विष्टले बधाई एवम धन्यवाद दिनुभयो ।

प्रकाशित समय १५:०८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु