बैंकहरुबाट व्याजदर घटाएको नाटक भइरहेको छ, आन्दोलन रोकिंदैन : व्यापारीहरु

काठमाडौं । बैंकको चर्को व्याजदर र ज्यादती बढेको भन्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघरमा बैंकको चर्को व्याजदरले व्यापारीलाई अप्ठ्यारोमा पारेको भन्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान आवद्ध व्यक्तिहरुले प्रर्दशन गरेका हुन् ।
विरोध कार्यक्रमलाई सम्बोधन गदैं व्यापारी लक्ष्मी खड्काले सरकारले आफूहरुको माग सम्बोधन नगरे २० गतेदेखि हरेक पसलहरुमा सटर लगाउने र बैंक बन्द गर्ने चेतावनी दिइन् । उनले भनिन्– ‘बैंक ज्यादतीविरुद्ध हाम्रो आन्दोलन हो । राष्ट्रिय बैंकमा चलायमान ८६ खर्ब पैसा छ । त्यसमा ३२ अर्ब पैसा हराएको छ । त्यसैले देशको अर्थतन्त्र र व्यापारीलाई अप्ठ्यारोमा पार्यो । त्यसैले निरन्तर आन्दोलनमा आएका हौं, अझै पनि यस्तै सरकारले नसुनेमा हरेक पसलहरुको सटर तानेर बैंक बन्द गर्दिने तयारीमा छौं । २० गतेभन्दा उताको आन्दोलन यही हो हाम्रो ।’
उनले राज्यको कारणले व्यापारी डुबिरहेको गुनासो गरिन् । ८ प्रतिशतमा सम्झौता भएर लिएको ऋणको व्याजदर १६–१७ प्रशित पुर्याएको छ, आन्दोलन रोक्न २ प्रतिशत घटाएजस्तो गरेको उनको आरोप छ ।
प्रकाशित समय १८:२९ बजे