V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

व्याजदरकै कारण नेपाली अर्थतन्त्र खल्बलियो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको अर्थतन्त्र सुधारका लागि व्याजदर सुधार आवश्यक रहेको बताएका छन् । शनिबार ललिपुरमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ५७ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली अर्थतन्त्र व्याजदरकै कारण खल्बलिएको तर्क गरे । बढ्दो व्याजदरले पूँजीको लागत बढाउने र समग्र अर्थतन्त्र खल्बलिने भन्दै उनले अर्थतन्त्रलाई गतिशील बनाउन आवश्यक रहेको बताए ।

 

उनले भने ‘नेपालको अर्थतन्त्रको व्याज दरको कारणले समस्या परेका छ ,हामी सबै जानकार छौं । व्याजदरले पूँजीको लागत बढाउने र समग्र अर्थतन्त्र खल्बलाउने भएकाले अर्थतन्त्रलाई गतिशील बनाउनु पर्छ, त्यसका लागि सबैले सहयोग गर्नुहुन्छ भन्ने आशा छ ।’ ऐतिहासिकरुपमा सम्पन्न मुलुक आज अभाव र गरिबीमा बाँचीरहेको उनको गुनासो गरे । सभामुख घिमिरेले मुलुकभित्र उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्न कानूनको अभाव भएमा व्यवसायी मैत्री कानून बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010