डेभलपमेण्ट बैंकर्स एसोसिएशनको सर्वसम्मत अध्यक्ष बने श्रेष्ठ

काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । एसोसिएशनको १७ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । आज चितवनमा सम्पन्न सभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्यो भने कार्यसमितिको उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी र कोषाध्यक्षमा लुम्विनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा निर्वाचित भएका छन् ।
कार्यसमितिका अन्य सदस्यहरुमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, एक्सल डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत डा.इन्द्र कट्टेल र साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल निर्वाचित भएका छन् ।
प्रकाशित समय १७:०६ बजे