मान्छे देशद्रोही कुरा गरेर हिंडिरहेको छ, सरकार सुन्छ कि सुन्दैन ? : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विदेशीको हातमा सुम्पिने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशको स्वतन्त्रता बेच्न खाजेको आरोप लगाए ।
मानिसहरु खुलेआम देश अर्कोलाई जिम्मा दिउँ भन्दै हिंड्दासमेत सरकारले कानमा तेल हालेर बसेको उनको टिप्पणी छ । उनले भने– ‘सरकारले नोटिस गरेको छ कि छैन् ? यो देश सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राख्नुभन्दा देशलाई विदेशीको हातमा सुम्पियो भने साग सस्तो पाइन्छ, साइकल सस्तो पाइन्छ भनी यो देश राख्ने भन्छन् । सरकार सुन्छ कि सुन्दैन ? यो देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर मान्छे हिंडिरहेका छन् । सरकारले लगाएको कि नलगाएको ? हैन भने जनताले प्रतिवाद गर्छ । यस देशमा जन्मिएको हुँ भन्ने एउटा मान्छे कसरी बोल्न सक्छ अर्कोलाई जिम्मा लगाईदिउँ भनेर ? सरकार कानमा तेल हालेर बसिरहेको छ ।’
प्रकाशित समय १६:४५ बजे