V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

देशैभर बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण बढ्दै

काठमाडौं । पछिल्लो समय केही व्यक्ति र समूहहरुले बैंक र वित्तीय तथा लघुवित्त संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र सांघातिक आक्रमण प्रति बैंक तथा वित्तीय संस्थाका संघहरुले निन्दा गरेका छन् । देशैभर पछिल्लो समय बैंक, वित्त, फाइनान्स तथा लघुवित्तका कर्मचारी तथा कार्यालयहरुमा भइरहेको धरपकड, आक्रमण, कालोमोसो दल्नेलगायतका गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाका संघहरुले आपत्ति जनाएका छन् ।

 

यस्तो आक्रमणको निन्दा गर्दै नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै भनेको छ– बैक वित्तीय तथा लघुवित्त संस्थाहरुले ग्राहकको सेवालाई प्राथमिकतामा राखेर निरन्तर रुपमा देशभरी सेवा प्रदान गर्दै आएको कुरा सर्वविदितै छ । विभिन्न समयमा मुलुकमा आइपरेको महाभूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितिमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका हाम्रा कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ति रहेको र घट्नामा संलग्न दोषीहरुलाई यथाशीघ्र हदैसम्मको कारवाहीको माग गर्दछौं । साथै, अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गर्दछौं । यस प्रकारका अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहन्छ ।

 

विज्ञप्तिमा भनिएको छ– बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुँदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भइरहेका अराजक घट्नालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौं । यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुतामा खलल पुर्‍याउने, आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुनसक्ने हुनाले यसप्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौं ।

 

समस्त ग्राहकहरुको हक हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताको बचतलाई सुरक्षण दिंदै ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पूँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै पारदर्र्शीरुपमा नियामक निकायबाट निर्देशित सिद्धान्तलाई अक्षरशः पालना गर्दै अगाडि बढिरहेको यस संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भयरहितरुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूति गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछौं ।

बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको साँवा तथा व्याज नतिर्न भन्दै भइरहेका पछिल्ला गतिविधिहरुले देशको अर्थतन्त्रमाथि नै प्रहार गरेको छ । चर्को व्याजदर घटाउनुपर्छ भनेर गरिएको आन्दोलनलाई जायज मानिए पनि ऋण नै नतिर्न गरिएको उर्दी भने कदाचित मनाशिव मान्न सकिंदैन । जनताबाट लिइएको निक्षेप जनतालाई नै ऋणका रुपपमा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीमाथि गरिएको आक्रमण पनि कुनै अर्थमा सही मान्न सकिंदैन ।

प्रकाशित समय १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010