V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नेपाल लाइफद्वारा थप दुई अनलाइन सेवा सार्वजनिक

काठमाडौं । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाल लाइफले थप दुईवटा अनाइलाइन सेवाहरु सार्वजनिक गरेको छ । हामी सबैले आफूलगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको अवस्थामा घरमै बसेर नेपाल लाइफको सेवा प्राप्त गर्नका लागि मद्दत पुग्ने गरी नेपाल लाइफ इन्स्योरेन्सले ती दुई अनलाइन सेवाहरु ल्याएको हो । यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आप्mना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले ‘म्याचुरिटी क्लेम’ र ‘क्लेम इन्टिमेशन’ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।
‘म्याचुरिटी क्लेम’ सेवा मार्फत आफ्ना बीमितहरुले बीमा लेख ‘म्याचुरिटी’ हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा ‘म्याचुरिटी’को समय पुगेका बीमितहरुले आप्mनो बीमा लेखको ‘म्याचुरिटी क्लेम’को प्रक्रिया अघि बढाउन सक्नेछन् । जसअनुसार कम्पनीका कर्मचारीहरुबाट ‘म्याचुरिटी क्लेम’को प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ । त्यसैगरी ‘क्लेम इन्टिमेशन’ सेवाअन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइनमार्फत नेपाल लाइफको वेबसाइटमा दावीसम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् । जसका लागि https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx मार्फत उक्त सेवा लिन सकिनेछ ।
नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समयसापेक्ष अझ परिस्कृत गर्दै लगेको जनाएको छ । जसअन्तर्गत आफ्ना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम–कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा ‘भर्चुअल अफिस’को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् । यस विषम परिस्थितिमा बीमासम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिग्विजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘म्याचुरिटी क्लेम’ र ‘क्लेम इन्टिमेशन’ सेवाको लागि लिंक
https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx
‘म्याचुरिटी क्लेम’ र ‘क्लेम इन्टिमेशन’ सेवा लिने ट्युटरलको लागि लिंक https://www.youtube.com/watch?v=_qWRkT1o4Hc

विषम परिस्थितिमा सम्पर्क व्यक्तिको लागि लिंक

https://www.facebook.com/Nepallife.Insurance/photos/pb.310317742328576.-2207520000../3362720507088269/?type=3&theater

लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेण्ट बैंकमार्फत् अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । यस विषम परिस्थितिमा बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित समय २१:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010