1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

कुमारी बैंकले कोरोना संक्रमण तथा नियन्त्रण कोषलाई ७० लाख दिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पु-याएको छ । प्रत्येक प्रदेशबाट १० लाखको दरले बैंकले कूल ७० लाखको सहयोग पु-याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग पु-याउने जानकारी दिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको हो । सो सहयोग मार्फत कोरोनाभाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अति विपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्ने विश्वास बैंकले लिएको छ । यही चैत्र १८ गते मंगलबारका दिन बैंकका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले उक्त प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गरेका हुन् ।
कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थालगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय ११:०५ बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु