MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

डकडाउनको अवज्ञा गर्दै संगती गर्न हिंडे

बेलका नगरपालिकामा २५ थान पीपीईको व्यवस्था र तीन वटा एम्बुलेन्स तयारी अवस्थामा

काठमाडौं । संसारभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)ले नेपाललाई गाँज्दै लगेको छ । नेपालमा समेत ४ जनालाई कोरोना भाइरसले आक्रमण गरेको पुष्टि भइसकेको छ । कोरोना संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले यसबाट जोगिने एकमात्र उपाय घर बाहिर ननिस्कनु नै हो । त्यसैले सरकारले पूरै देश ‘लकडाउन’ गरेको छ । मानिसलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । तर पनि धर्मान्धहरुचाहिं सरकारले दिएको आदेशको अवज्ञा गर्दै संगती गर्न हिंडिरहेका छन् । आज बिहानमात्रै केही इशाई धर्मावलम्बीहरु संगति गर्न हिंडिरहेको अवस्थामा उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्तीक)ले नै भेटे । उनले लेखेका छन्– ‘आज शनिबार बिहानै केही इशाई धर्मालम्बिहरु संगति गर्नु हिनेको भेटे, आत्मज्ञानको पनि ध्यान हुन्छ, कृपया आफ्नो घरमै बसेर आफ्नो धर्मअनुसारको काम गर्नुहोस् ।’
यदि धर्मका नाममा चर्चमा गएर रोग नफैलिने हो भने अमेरिका, इटली, स्पेन, बेलायतजस्ता देशहरुमा किन फैलन्थ्यो र ? कोरोना भाइरसको कुनै पनि उपचार नभएको हुनाले कृपया कसैसँग पनि भेटघाट नगर्ने, एकदमै दूरीमा बसेर जुनसुकै काम गर्ने, अति आवश्यक अवस्थामा बाहेक कोही पनि घर बाहिर ननिस्कने र निस्कनै पर्ने अत्यन्तै अप्ठेरो परिस्थिति आएको भए प्रशासनलाई खबर गरेर त्यसको सहायतामा मात्र बाहिर निस्कने गर्नु पर्छ । अन्यथा कुनै एक व्यक्तिको कारणले अरु धेरैलाई यो रोग फैलिन सक्छ ।
मेयर थापाले अहिले राष्ट्रियमात्र नभएर अन्तर्राष्ट्रिय संकट परिरहेको बेला सबैलाई घरमै बस्न सुझाव दिएका छन् । मेयर थापाले प्रत्येक दिन बेलका नगरपालिकाले कोरोना भाइरसविरुद्धको अभियानमा नगरपालिकाले के गरिरहेको छ भन्ने बारेमा दैनिकरुपमा जानकारी गराउने बताएका छन् । मेयर थापाले बारम्बार हार्दिक अपिल गर्दै कसरी सुरक्षित हुने भन्ने बारेमा जानकारी गराइरहेका छन् । भोलि खतराको स्थिति आउनसक्ने हुनाले सबै जगत र सचेत हुनु जरुरी छ । उनले सर्वसाधारणलाई धेरै अनुरोध गर्दासमेत घरबाट बाहिर निस्किराखेकोमा चिन्तासमेत व्यक्त गरेका छन् । कतिपयले चाहिं घरमै बसेर सरकारको निर्णयको पालनासमेत गर्नुभएकोमा धन्यवादसमेत दिएका छन् ।
मेयर थापाले भनेका छन्– ‘यदि कसैलाई धेरै जरुरी काम परेको छ भने नगरपालिकामा सम्पर्क गर्नुहोस्, हामी तपाईंहरुको समस्या समाधानमा लागिराखेका पनि छौं र लाग्ने पनि छौं ।’
उनले अर्को महत्वपूर्ण पक्षलाई उजागरसमेत गर्दै भनेका छन्– ‘कतिपय एम्बुलेन्समा यात्रुहरुसमेत बोकेर हिंडिराखेको र यो सुविधालाई नराम्रो तरिकाले प्रयोग गरिएको देखिएको छ । त्यसलाई पनि हामीले त्यस्तो खालको प्रयोग नगरौं । सबै हामी सचेत भयौं भने हामी सुरक्षित हुन्छौं ।’ उनले नगरबासीहरुलाई सुझाव दिंदै भनेका छन्– ‘बारम्बार साबुन पानीले हात धुने, तातोपानी बारम्बार पिउने र हातलाई नाक, आँखा र मुखमा बारम्बार नलैजाने । अहिले कुरा पनि आएको छ कि भाइरस पैसा र मोबाइलमा धेरै टिक्ने भएकोले धेरैजस्तो पैसाहरु पनि नचलाउने, तपाईंहरुले सुन्नु पनि भएको होला कि चीन सरकारले धेरै पैसा पनि डढाइयो । त्यसले गर्दाखेरी सकेसम्म अब यी कारोबारहरु गर्ने कोशिश नगरौं ।’
मेयर थापाले अनुरोध गर्दैै भनेका छन्– ‘हाम्रो आह्वानलाई साथ दिनुहोला । हाम्रो बेलका नगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष, वडासदस्यहरुलगायत ५० जना, कर्मचारी संयन्त्र, भोलेन्टियर्सहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु हामी लगातार तपाईंहरुको सुरक्षाको लागि खटिराखेका छौं । तपाईंहरुलाई हामी कुनै त्यस्तै खालको अप्ठ्यारो, दुःखचाहिं आउन दिंदैनौं ।’
उनले बेलका नगरपालिकामा खाद्यान्न संकट नआउने विश्वस्त पार्दै भने– ‘यहाँको उद्योग वाणिज्य संघसँग सल्लाह गरेर चामलहरु ल्याइराखेको छ । हामीले बेलका नगरपालिकामा प्रोफाइल बनाएका छौं । तपाईहरु सबैको आर्थिक अवस्थाचाहिं कस्तो छ भन्ने कुरा बेलका नगरपालिकालाई राम्रोसँग ज्ञान छ । र, अन्यन्तै गरिबीको रेखामुनि रहनुभएको जति पनि श्रमिकहरु, श्रमजीवीहरु हुनुहुन्छ, तपाईंहरुको हामीले लिस्टिङ गरिराखेका छौं । त्यस्तो अप्ठेरो पर्नासाथ एक–डेढ हप्तापछि यो बढ्यो भने तपाईंहरुलाई घरमा नै खाद्यान्न पु-याउने व्यवस्था हामीले गरिराखेका छौं । र, दिनैपिच्छे सबै वडाअध्यक्ष र मेरो बीचमा चाहिं कसरी यो समस्याबाट बच्ने र यसको समाधान गर्ने भन्ने बारेमा सबैलाई छलफल भइरहेको छ । अहिले वडाले पनि खाद्यान्नको व्यवस्था गरिराखेको छ र नगरले पनि गर्दैछ । केही सामाजिक संघसंस्थाहरुले पनि केही रकमहरु उठाउने, खाद्यान्नहरु संकलन गर्ने काम गरिराख्नुभएको छ । म अझै पनि आह्वान गर्न चाहन्छु, नगरपालिकाको मात्रै मुख नहेरेर विभिन्न वडाहरुमा रहनुभएको स्वयंसेवी संस्थाहरु जो हुनुहुन्छ, गाउँघरमै कसको घरमा धेरै खाद्यान्नहरु छ, कसको घरमा कम छ, को क्राइसिसमा पर्न आँटेको छ भनेर यहाँहरु आफैंले पनि भागलपुर क्षेत्रका युवाहरुले सहयोग संकलन गरेर जुन स्तुत्य काम गरिराख्नुभएको छ, त्यसैगरी अरु संघ–संस्थाले पनि आ–आफ्नो टोलसम्ममा गर्नुभयो भने र टोल विकास संस्थाहरु पनि आफ्नो टोल विकास संस्थाभित्रका निमुखाहरु, अप्ठ्यारो परेको मान्छेको पहिचान गरेर त्यही टोलमै भएको हाम्रो स्रोत साधनलाई पनि हामी प्रयोग गर्न सक्छौं । त्यसको लागि म टोल विकास संस्थालाई पनि आफ्नो टोलभित्रको व्यवस्थापन गरेर यो समस्यासँग जुध्नको लागि हार्दिक आह्वान गर्न चाहन्छु ।’ मेयर थापाले बेलका नगरपालिकाले स्वास्थ्यकर्मीका लागि २५ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) को व्यवस्था गर्नुका साथै तीनवटा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखेको जानकारी दिएका छन् ।

प्रकाशित समय ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु