V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

आपत्तिजनक समाचार प्रकाशन गर्ने तीनवटा अनलाइन बन्द गर्न दूरसञ्चारलाई पत्राचार

काठमाडौं । आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर समाचार प्रकाशन गर्ने नियमानुसार दर्ता एवं सूचीकरण नभएका ३ वटा वेबसाइट नेपालभित्र प्रकाशन/प्रशारण गर्न नसक्नेगरी बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार ती ३ वटा अनलाइन सञ्चारमाध्यमलाई विवादास्पद र आपत्तिजनक सामाग्री हटाउन तथा २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ । हालसम्म कोरोना भाइरसका विषयमा अतिरञ्जित सामग्री सम्पे्रषण गरेका तर दर्ता/सूचीकरण भइनसकेका कूल ११ वटा साइटलाई नेपालभित्र खुल्न नसक्ने बनाइएको छ भने २६ वटा सञ्चारमाध्यमलाई जिम्मेवारीपूर्ण जवाफ मागिएको छ । प्रेस काउन्सिल नेपालले सबैखाले आमसञ्चार माध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित हुँदै थप जिम्मेवारीसहित सूचना सम्पे्रषणमा जुट्न र नागरिकहरुलाई तथ्यरक, उत्साहबद्र्धक सामग्री पस्किन अनुरोध गरेको छ ।

प्रकाशित समय १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010