1100×100 Nabil Advert

‘मिस नेवाः नेपाल’ को उपाधि सकिना मर्हजनलाई

काठमाडौं । नेप्लिज फेसन होमको आयोजनामा भएको नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ को उपाधि सकिना महर्जनले जितेकी छिन् । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले जितेकी हुन् ।

१७ युवतीले अन्तिम स्पर्धा गरेको १७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फ्रष्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि मिनाशा मर्हजनले जितेका छन् । मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्ने गरिएको बताइन्।

प्रकाशित समय २२:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु