NIMB Add_1100x110

भव्य बन्यो बक्स अफिस दिपावली अवार्ड कप

काठमाडौं । दिपावालीको अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपद्वारा सञ्चालित बक्स अफिस फुटबल एकेडेमीले दिपावली अवार्ड कप २०७२ संस्करण कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । दशैं तिहार बक्स अफिस म्युजिक अवार्डको प्रमोसन गर्ने उद्देश्यले आयोजना गरेको बक्स अफिस दिपावली कपमा १९ क्लबको आवेदन परेको थियो तर आयोजकले ८ टिमलाई मात्र लिएर खेल सञ्चालन गरेको थियो ।

बक्स अफिस दिपावली कपमा अनिल गुरुङको लामा एफसी, सुरेश लामाको कपन एफसी, विजय थापाको बिजय एफसी, अर्जुन शेर्पाको बोसन एफसी, जेबी सुनुवारको जेबि एफसी, सन्देशको वारियर एफसी र आयोजक बक्स अफिस फुटबल एकेडेमीले निकै रोमाञ्चक खेल खेलेका थिए ।

राजधानीको इलाइट फुटसल बौद्धमा आयोजना गरिएको दिपावली कपमा भक्तपुरको जेबि एफसीलाई शून्यको विरुद्ध एक गोलले हराउँदै वारियर एफसिले उपाधी जितेको छ । यो वर्षको दिपावली टाइटल फाइटमा वारिएर्स एफसी बिजेता, जेबि एफसी उपविजेता र प्रतियोगिताको फेयर प्ले कपन एफसीले जितेका छन् । बिजेता वारियर एफसी र उपबिजेता जेबि एफसीको खेलाडीहरुलाई आकर्षक ट्रफी तथा प्रमाणपत्र प्रमुख अथिति बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईले हस्तान्तरण गर्नुभएको थियो ।

खेलाडीको सम्मानमा निर्माता निर्देशक कलाकार सरोज शर्मा, रामभक्त श्रेष्ठ, समाजसेवी तथा व्यवसायी श्याम बास्ताकोटी, मोडल, कलाकार आश्मा राउत, मोडल कलाकार, निर्माता तथा व्यवसायी विकास थापा मगर, कलाकार बद्री शाह, कलाकार तथा बार्दली रिसोर्ट कपनका प्रमुख केदार खड्का, कलाकार कमल खड्काको विशिष्ट आथित्यतामा रहेको थियो । विशिष्ट अथितिहरुले ग्लोबल एक्टर फेडेरेशन (विश्व कलाकार महासंघ) को आजीवन सदस्यबाट हाल हङकङमा रहनुभएका मोडल तथा कलाकार अर्जुन पौडेल, निर्माता तथा कलाकार बिके दोङ, निर्माता बहादुर सिंह तामाङ, समाजसेवी फोटोग्राफर कृष्ण बिकलाई आजिवन सदस्यबाट सम्मान गरिएको थियो ।

वरिष्ठ पत्रकार टंक कार्कीले सञ्चालन गरेको बक्स अफिस दिपावली अवार्ड कप कार्यक्रममा प्रतियोगितालाई महत्वपूर्ण सहयोग पुर्‍याउनु भएकोमा इलाइट फुटसलका दिपेश श्रेष्ठ, रोशन गुरुङ, निर्देशक मिलन आले मगर, गायक विजय थापा, हाल हङकङमा रहनुभएका मोडल गायक विश्व श्रेष्ठलगायतलाई मायाको चिनोबाट सम्मान गरिएको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारण बक्स अफिस टिभी नेपालले गरेको थियो । बक्स अफिसले हरेक वर्ष ५३ वटा कार्यक्रम आयोजनाअन्तर्गत दिपावली अवार्ड कपको सम्पन्न सँगै अब मिठाई व्यवसायी र सुनचाँदी व्यवसायी प्रमोशन कपको तयारीमा जुटेको जनाएको छ । बक्स अफिस दशैं तिहार म्युजिक अवार्ड यही गाइतिहारको साँझ हुन गइरहेको छ ।

प्रकाशित समय १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु