माछापुच्छ्रे गाउँपालिकामा नेशनल बक्स अफिस सर्ट मुभि अवार्डको आयोजना
कास्की । आन्तरिक पर्यटनलाई मद्दत गर्ने उद्देश्यले अंग्रेजी नयाँ वर्षको अवसरमा १९औं नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८२ संस्करण भव्यरुपमा सम्पन्न भएको छ । भव्य साँस्कृतिक कार्यक्रमसहित पौष १६ गते न्यु इयर इभको अवसरमा बुधबार राती माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ मा रहेको ल्वाङ होम स्टेमा माछापुच्छ्रे गाउँपालिका वडा न ८ का वडाअध्यक्ष रामबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
१९औं नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८२ संस्करणमा पोर्चुगलबाट निर्माण भएको पिबी क्रियशनको ब्यानरमा निर्माण र प्रसिद्ध समाजसेवी पिबी थापाको लगानीमा बनेको सामाजिक र पारिवारिक वाचा फिल्मले उत्कृष्ट फिल्मको विधामा बाजी मारेको छ भने आरके मानन्धरको सर्टफिल्म एउटा बाबुको पीडाबाट आरके मानन्धर उत्कृष्ट अभिनेता घोषित भएका छन् ।
वरिष्ठ चलचित्र निर्देशक रिम विश्वकर्माको चलचित्र रातिका बटुवाबाट चरित्र अभिनेत्रीमा कमला अधिकारीले यो वर्षको उत्कृष्ट सर्ट फिल्मको अवार्ड उचालिन् । चरित्र अभिनेतामा पनि रातिका बटुवाबाटै प्रेमदामले यो वर्षको उत्कृष्ट सर्ट फिल्मको चरित्र अभिनेताको अवार्ड चुमे । समग्रमा रातिका बटुवा अभिनेता र अभिनेत्री दुईवटा विधामै अवार्ड हासिल गरेको छ भन्ने नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८२ मा घरसंसार उत्कृष्ट कथा बन्यो । समाजिक सन्देश उजागार गरेको कारण यसको कथाकार रामभक्त श्रेष्ठ अवार्डबाट सम्मानित भए ।
उत्कृष्ट निर्देशनमा बदलाबाट युवा निर्देशक राजेन्द्र ढकाल उत्कृष्ट निर्देशक रहे । बदलाबाटै अनिल साही छायाँकार र अर्जुन खड्का सम्पादक विधामा यो वर्षको अवार्डमा आफूलाई अब्बल साबित गरेको छन् । सर्ट फिल्म अवार्डना इमन्दार नोकरबाट उदयमान युवा अभेनिता नितेश जिशी र सोही सर्ट फिल्मबाट जानकी कार्कीले उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड उचाले । त्यस्तै उत्कृष्ट कलाकारमा टुहुरी नातिनीबाट सुरेन्द्र खड्का उत्कृष्ट कलाकार चुनिए भने मेरि जुनाबाट बाल कलाकारमा भैरव मचकोटी र प्रतीक तिर्वाले बाजी मारेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२५ को विदाई र उदाउँदो २०२६ को स्वागत गर्दै पर्यटन गन्तव्य माछापुच्छ्रे गाउँपालिकाको अत्यन्तै सुन्दर स्थान ल्वाङ गाउँमा बक्स अफिस इन्टरनेशनल ग्रुपले आयोजना गरेको १९औं नेशनल सर्ट फिल्म अवार्ड २०८२ संस्करणमा वरिष्ठ इञ्जिनियर तथा स्वास्थ्यकर्मी रामजी श्रेष्ठ, समाजसेवी आश्मा राउत, वरिष्ठ इभेन्ट डाइरेक्टर समाजसेवी पत्रकार महेशजंग कुँवर, वरिष्ठ निर्देशकको रिमा विश्वकर्मा, वरिष्ठ कलाकार बासु फुयाँल, निर्देशक मिलन आले मगर, समाजसेवी श्याम श्रेष्ठ, वरिष्ठ कलाकार रामप्रसाद कोइराला, कलाकार कमल खड्कालाई मायाको चिनोबाट सम्मान गरियो । मायाको चिनोबाटै युवा इन्जिनियर तथा फुटबल खेलाडी शंकर खड्का, विजय रिमाल, अमर खत्री, राष्ट्रसेवक विकास आचार्य, उदयमान खेलाडी प्रज्वल खड्का, वरिष्ठ नृत्य निर्देशक प्रदिपरमण सिंह डंगोल, कलाकार गोपाल मोक्तान, बद्री शाह, श्रीकृष्ण श्रेष्ठ, कलाकार तथा नायिका नियुक्ति शेर्पा, सुनिता थापा, निर्माता कलाकार बाइक दोङ, दिलकुमार श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, सञ्जय श्रेष्ठ, कलाकार रोशन बस्नेत, नारायण लामा, शंकर तिवारी, जयराम धिमाल, रामजी अधिकारी, पवि अर्याल, शंकर तिवारी, बिजु रोकायलगायत थुप्रै व्यक्तित्वहरु अवार्डको अवसरमा मायाको चिनोबाट वडाअध्यक्ष गुरुङबाट सम्मानित भएको थिए ।
नेसनल बक्स अफिस सर्ट फिल्म अवार्डको अवसर पारेर ग्लोबल एक्ट्रेस फ्रेडेसन (विश्व कलाकार महासंघ) को आजीवन सदस्यबाट वरिष्ठ इञ्जिनियर रामजी श्रेष्ठ, निर्माता कलाकार सुरेन्द्र खड्का, कलाकार निर्माता गंगाराम श्रेष्ठ, छायाँकार कृष्ण बिक, राम मचकोटी, कलाकार मिना सुवेदी, कलाकार दिपेन लिम्बु, कलाकार राजकुमार श्रेष्ठ र कलाकार शर्मिला जिरेललाई संस्थाको आपतकालीन कोषबाट एक लाख एघार हजार एघार रुपैयाँबाट सम्मानित गरेको छ ।

नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८२ को संस्करणमा देश तथा बिदेशबाट बनेको करिब ८० वटा छोटा फिल्महरुले उत्साहजनक सहभागिता जनाएको थिए । सहभागी चलचित्रहरुलाई अन्तिम निर्णायकको लागि अनलाइन विधाबाट वरिष्ठ गायक म्युजिक निर्माता नरेश ढुंगाना, प्रसिद्ध रेडियो पत्रकारबाट बिजन दुवाडी, चलचित्र निर्देशकबाट जीवन शाही, म्युजिक भिडियो निर्देशक अर्जुन पौडेल, सम्पादक बिदाबाट वरिष्ठ फिल्म सम्पादक बान्दे प्रसाद र नृत्य निर्देशन विधाबाट बरिष्ठ नृत्य निर्देशक प्रदिप रमण सिंह डंगोलको छ सदस्यीय जुरीले अन्तिम रुप दिएको थिए । अवार्डको ६ सदस्यीय जुरिहरुलाई अवार्डको सकुशल इमानदारी र पारदर्शी गरी उत्कृष्ट जुरी अवलोकन गरी उत्कृष्ठ पाँच र सर्वोत्कृष्ठ एक छनोटको उत्कृष्ट कार्य सम्पादन गरेकोमा अवार्ड शोमा सम्मानसहित जुरी बिदाइ गरिएको थियो । कास्की जिल्लाका विभिन्न पार्टीका नेता तथा बुद्धिजीवी लगायतको उल्लेखनीय उपस्थित रहेको सो अवार्ड सोचेभन्दा राम्रो भएको आयोजकका अध्यक्ष आरके सुवेदीले सम्पूर्ण सहयोगी हातहरुप्रति आभार प्रकट गरेका छन् ।
प्रकाशित समय २०:५० बजे





















