1100×100 Nabil Advert

भव्य बन्यो मिठाई व्यवसायी कप २०८२

काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक व्यवसायलाई फुटबलको माध्यमबाट युवा पुस्ता र जनस्तरमा पुर्‍याउन एक बर्षमा करिब ५३ वटा विभिन्न प्रतियोगिता सञ्चालनमा ल्याएको छ । यसै सन्दर्भमा राजधानीको इलाइट फुटसलमा बक्स अफिस नेपाल मिठाई व्यवसायिक प्रमोशन कप २०८२ कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।

 

नेपालीहरुको महान पर्व तिहार र छठ पर्वमा सर्वाधिक बिक्री वितरण हुने मिठाई व्यवसायीहरुको प्रवर्द्धन गर्ने र मिठाइ व्यवसायीहरुको उच्च प्रतिष्ठाको लागि यो प्रकारको खेल आयोजना गरेको संस्थाका अध्यक्ष आर के सुवेदीले बताए ।

 

 

नेपाल मिठाई व्यवसाय कप २०८२ संस्करणमा काठमाडौं भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न फुटबल क्लबहरुलाई हराउँदै तामाङ टोल ब्वाइज (टिटिजी) ले उपाधी कब्जा गरेको छ । पेलान्टी सुटआउटमा काठमाडौंकै भुसन एफसीलाई हराउँदै तामाङ टोल ब्वाइज (टीटीजी) एफसीले पहिलो पटक उपाधी कब्जा गरेको हो । निर्धारित समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेलान्टी सुटआउटबाट लिइएको थियो । त्यसैगरी प्रतियोगितामा भुसन एफसीले पनि पहिलो पटक उपविजेताको उपाधि चुमेको छ भने कपनको स्थानीय क्लब शंकर एफसी प्रतियोगिताको फेयर प्ले अवार्डबाट सम्मानित भएको छ ।

 

 

बेस्ट किपर, हाइस्कोर बेस्ट खेलाडीको अवार्ड बिजेता टोली टिटिजी र उत्कृष्ट डिफेन्स बुसन एफसीले अवार्ड जितेको छ भने फुटबल लवर धादिङको विजय एफसी, फुटबल हर्ट अवार्डबाट जि स्पोट्र्स सम्मानित भएको छ । बिजेता उपबिजेता सम्पूर्णलाई प्रमुख अथिति वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा, विशिष्ठ अथिति वरिष्ठ समाजसेवी राजु ढकाल, निर्माता निर्देशक रिमेश अधिकारी, कलाकार, निर्माता-निर्देशक बद्री शाह, इलाइट फुटसलका सञ्चालक श्याम श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

 

 

सरोज शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ पत्रकार टंक कार्कीले गर्नुभएको थियो । नेपाल अधिराज्यभर करिब ६ हजार नेपाल मिठाई व्यवसायीको सम्मानमा खेलाइएको मिठाई कप २०८२ संस्करणमा नेपालको मिठाई बजारमा महत्वपूर्ण योगदान दिने आंगन, सुइट केभ, लडु गोपाल, टिपटप, कृष्ण पाउरोटी, संगम स्वीट, नितिष स्वीट, पुजा स्वीट, विश्रान्ती, ब्रफी, न्यु राजधानी स्वीट, रामेश्वर पशुपती मिठाई भण्डार, बन्दना स्वीट, हारती, दया शंकर मिठाई भण्डार, कुन्दन स्वीटलगायत थुप्रै मिठाई उद्यमीहरुलाई उच्च मूल्यांकन गरी सम्मानित गरिएको थियो ।

प्रकाशित समय ११:०१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु