V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

कांगे्रसको केन्द्रिय समिति बैठकमा महामन्त्री थापाको प्रस्ताव : हरेक दुई महिनामा केन्द्रिय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, पार्टीको केन्द्रिय कार्यसमिति बैठक हरेक दुई महिनामा बस्नु पर्ने प्रस्ताव गरेका छन् । झण्डै एक वर्षपछि पार्टी कार्यलयमा सुरु भएको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै महामन्त्री थापाले अब प्रत्येक दुई महिनामा पार्टीको केन्द्रिय कार्यसमिति बैठक बस्ने र वर्षको दुई पटक काठमाडौं बाहिर राख्नु पर्ने प्रस्ताव गरे ।

 

उनले भने ‘प्रत्येक २ महिनामा एक पटक बैठक बस्ने । आवश्यकताको आधारमा बस्ने । सभापतिको जिम्मेवारी अधिकार भएकोले बोलाउने कुरा भईहाल्छ । श्रावणमा बसिसकेपछि असोज, मंसिर, माग, चैत, असारको पहिलो हप्ता बस्ने वर्षको न्यनतम २ वटा बैठक चाहीं उपत्यकाभन्दा बाहिर गर्नुपर्छ भन्ने प्रस्ताव गरेका छौं ।’

 

उनले नेपाली कांगे्रसका विभिन्न ४८ वटा विभागहरुमा नयाँ विभाग थप्नु आवश्यकता समेत औल्याए । भाद्र १५ गते सम्ममा सबै विभागहरुको गठन गर्ने र पुर्णता दिइसक्ने र प्रत्येक विभागले कार्यक्षेत्र अन्तर्गत कार्यक्रम बनाई कार्यतालिकासहित वार्षिक योजना भाद्र मसान्त भित्र केन्द्रिय कार्यसमितिमा पेश गर्ने उनको भनाई छ ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010