V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

परिसंघद्वारा राष्ट्रपतिसमक्ष अर्थतन्त्र सुधारका सुझाव पेश

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अर्थतन्त्र सुधारका सुझाव पेश गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शितल निवासमा पुगेर सो सुझाव पेश गरेको हो । परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना समेत दिंदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा निजी क्षेत्रको तर्फबाट सुझाव पेश गरेका हुन् ।

अध्यक्ष अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै अर्थतन्त्र सुधारका लागि मागमा बृद्धि ल्याउनुपर्ने, ब्याजदर घट्नुपर्ने बताए । उनले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा राष्ट्रपति समक्ष पेश गरे ।

परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताए । राष्ट्रपति पौडेललाई परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ्ग काउन्सिल सदस्यहरु शिवरतन शारडा, बालकृष्ण श्रेष्ठ, परिसंघका महानिर्देशक दिपकराज जोशीले बधाई तथा शुभकामना दिए ।

प्रकाशित समय १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010